काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिका लागि नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले नाम तय गरेका छन् ।
सभापति शेरबहादुर देउवाले तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगानालाई बिहीबार मनोनीत गरेका छन् । ढुंगानाले आइतबार नेविसंघको जिम्मेवारी पनि सम्हालेका थिए ।
अध्यक्ष ढुंगानासँगै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरले पनि जिम्मेवारी सम्हालिसकेका छन् । पौडेल समूहले आफ्नो भागमा परेका ३ महामन्त्रीलाई तीन भाग लगाएका थिए । पौडेललाई १, प्रकाशमान सिंहलाई १ र महामन्त्री डा.कोइरालालाई १ भागबण्डा लगाएको थियो ।
यसैगरी पौडेल समूहले नेविसंघको ३ महामन्त्रीको नाम तय गरेको थियो । स्रोतका अनुसार तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया र मकवानपुरका प्रभात दाहाललाई महामन्त्री पठाउने निर्णय गरेको हो । भट्टराई वरिष्ठ नेता पौडेल, थपलिया महामन्त्री शशांक कोइराला र दाहाल नेता प्रकाशमान सिंह निकट हुन् ।
सिटौलाले युवराज पाण्डे र बलदेव तिमिल्सिनालाई महामन्त्री पठाउने निर्णय गरेको हो । पाण्डे स्याङ्जाका हुन् भने तिमल्सिना सिन्धुपाल्चोकका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।