आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी हुन् नेविसंघका भाग्यमानी नयाँ पदाधिकारीहरू, चौतर्फी चर्चा

यी हुन् नेविसंघका भाग्यमानी नयाँ पदाधिकारीहरू, चौतर्फी चर्चा

  • आइतवार, माघ १९ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिका लागि नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले नाम पठाउने तयारी गरेका छन् । सभापति शेरबहादुर देउवाले तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगानालाई बिहीबार मनोनीत गरेका छन् । ढुंगानाले आइतबार नेविसंघको जिम्मेवारी पनि सम्हालेका छन् । अध्यक्ष ढुंगानासँगै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरले पनि जिम्मेवारी सम्हालिसकेका छन् । पौडेल समूहले आफ्नो भागमा परेका ३ महामन्त्रीलाई तीन भाग लगाएका छन् । पौडेललाई १, प्रकाशमान सिंहलाई १ र महामन्त्री डा.कोइरालालाई १ भागबण्डा लगाएको स्रोतले जनाएको छ । पौडेलले आफ्नो भागबाट दीपक भट्टराई, मोती भण्डारी र प्रकाश रानामध्य एकजनालाई सिफारिस गर्ने तयारी गरेका छन् । महामन्त्री डा.कोइरालाले उर्मिला थपलिया, सागर परियार र निलकण्ठ रिजालमध्य एकजनालाई महामन्त्री सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ । नेता सिंहले हिमालदत्त श्रेष्ठ र युपी लामिछानेमध्य एकलाई महामन्त्री बनाउने तयारी गरेकाका छन् । सिटौलाले बलदेव तिमिल्सिना, युवराज पाण्डे र मुक्तिराज पौडेलमध्य दुई जनालाई पठाउने तयारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६०९:४५:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend