काठमाडौँ- नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सानोठिमी क्याम्पस आगामी फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।
आज क्याम्पसमा कक्षा कमिटीका अध्यक्षहरु सँग छलफल गर्दै सबैलाई निर्वाचनमा जुट्न अनुरोध गरेको हो । नेविसंघको केन्द्रिय समिति पनि गठन भईसकेको अबस्थामा अब स्ववियु निर्वाचन केहि दिन सरे पनि कुनै पनि हालतमा हुने र अन्यत्र क्याम्पसमा निर्वाचन गराउन नसके पनि सानोठिमी क्याम्पस भने निर्वाचन गराई छाड्ने नेविसंघ सानोठिमी क्याम्पस इकाईका कार्यबाहक अध्यक्ष यङजोर कार्कीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले तोकेको स्ववियु निर्वाचनको मिति फागुन १४ गतेलाई स्वागत गर्दै उनले भने हाम्रो क्याम्पसमा निर्वाचन अवस्य हुन्छ तपाइहरु माझबाट नै उम्मेदवार छनौट हुने हो त्यसको लागि तयारी गर्न उनले सबैलाई अनुरोध गरे ।
छलफल कार्यक्रममा वर्तमान स्ववियु सचिव, प्रत्येक कक्षा कमिटीका अध्यक्ष र इकाई सदस्यहरुको उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।