आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यो हो कम्युनिस्टहरूको पारा, फिल्म हेरेर मोज गर्दै

यो हो कम्युनिस्टहरूको पारा, फिल्म हेरेर मोज गर्दै

  • आइतवार, माघ १९ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक रोकेर केन्द्रीय सदस्यहरूले फिल्म हेरेका छन् । बैठक चलिरहेको स्थान काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाको हलमा आइतबार नेकपाका केन्द्रीय सदस्यहरूले फिल्म हेरेका हुन् । स्रोतका अनुसार केन्द्रीय सदस्यहरूलाई ‘बुद्ध बर्न ईन नेपाल’ नामक फिल्म देखाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न नदिएर नेकपाको नेतृत्वले ‘अर्थ नबर्थ’को फिल्म देखाएको भन्दै केही नेताहरूले आक्रोश पोखेका छन् । फिल्म देखाएपछि केही केन्द्रीय सदस्यहरू हलबाहिर निस्किएका छन् । बैठकमा सरकार र नेकपा नेतृत्वको आलोचना भएपछि तनावमा परेका अध्यक्षद्वय खड्गप्रसाद ओली र प्रचण्डले कसरी जवाफ दिने भनेर तनाबमा परेका बेला केन्द्रीय सदस्यहरूलाई फिल्म देखाइएको छ । उता, नेकपाको केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा बसेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६०७:३६:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend