आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नवनियुक्त महामन्त्री बैद्यले गरे गज्जबको घोषणा, नेविसंघमा खुसियाली

नवनियुक्त महामन्त्री बैद्यले गरे गज्जबको घोषणा, नेविसंघमा खुसियाली

  • आइतवार, माघ १९ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवनियुक्त महामन्त्री मनोज बैद्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न नसकेर त्रिभुवन विश्वविद्यालयले आफ्नो कमजोरी लुकाउन नेविसंघको कार्यसमितिलाई दोष दिएको आरोप लगाएका छन् । एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा महामन्त्री बैद्यले स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयको रेक्टर नियुक्त नगर्ने नेविसंघको कार्यसमितिलाई देखाएर त्रिवि भाग्न खोजेको बताए । ‘सबैभन्दा पहिला त्रिभुवन विश्व विद्यालयले आफ्नो कमजोरी लुकाएर नेसिवसंघको केन्द्रीय कार्यसमितिलाई दोषारोपण गरेर स्ववियु निर्वाचन नगराउने खालका भ्रम सिर्जना गर्नुहुँदैन’, उनले भने, ‘निर्वाचन जसले गर्ने हो त्यसको आयुक्त नियुक्ति भएको अवस्था छैन । रेक्टर नै नियुक्त भएको छैन ।’ ‘त्यसको दोषारोपण चाहिँ नेविसंघको केन्द्रीय कार्यसमिति नआएको भनेर हामीलाई लगाउने खोज्यो भने उचित हुँदैन’, महामन्त्री बैद्यले भनेका छन्, ‘कांग्रेसलाई त्रिविले पत्राचार गरेको भए प्रतिनिधित्व दिने थियो । नेविसंघलाई बाहिर राखेर स्ववियु निर्वाचनको तालिका प्रकाशित गर्न खोजिएको छ । नेविसंघलाई बाहिर राखेर स्ववियु निर्वाचन त्रिविले गर्न खोजेको हो भनेर हामी अहिले बुझ्दैनौ । बाहिर राखियो भने निर्वाचन कसरी हुन्छ हामी पनि हेरौँला ।’ राजीव ढुंगाना नेतृत्वको नेविसंघको नयाँ कार्यसमितिले कुनैपनि स्कूल र कलेजबाट चन्दा नउठाउने महामन्त्री बैद्यले बताए । ‘नेविसंघले चन्दा माग्दैनौँ । कुनै कलेज र स्कूलबाट पैसा मागिने छैन’, उनले भने, ‘विद्यार्थीबाट उठाएको सदस्यताले संगठन चलाउने हो । पैसा पुगेन भने मातृ पार्टीसँग माग्ने हो ।’ उनले नेविसंघलाई चन्दा उठाएको भनेर लाग्ने गरेको आरोपलाई आफूहरूले कठाइका साथ कार्यान्वयन गरेर रोक्ने बताए । ‘आर्थिक रुपमा कसैसँग झुक्दैनौं । आर्थिक रुपमा पार्टी र संगठनको बद्नाम गर्नेलाई कारबाही हुन्छ’, बैद्यले भने, ‘राजनीतिलाई पेसा बनाउन पाइँदैन ।’ महामन्त्री बैद्यले घरपरिवारका लागि आफूले अलग पेसा व्यवसाय गरेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६०६:१५:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend