आइतवार, माघ १९ २०७६
काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) नवनियुक्त अध्यक्ष राजीव ढुंगानासहित दुई महामन्त्रीले पदभार ग्रहण गर्ने भएका छन् ।
अध्यक्ष ढुंगाना र महामन्त्रीद्वय मनोज बैद्य र महेश्वर कुँवरले आज पदभार ग्रहण गर्ने भएका हुन् । उनीहरूले दिउँसो १ बजे नेविसंघको केन्द्रीय कार्यालय, धोवीधारा, काठमाडौंमा पदभार ग्रहण गर्ने जनाइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन अगाडि ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन गरेका थिए ।
बाँकी पदाधिकारी र सदस्यहरू केही दिनमा नै नियुक्त गर्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।