आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपा बैठकमा प्रचण्ड पुत्रीले ‘हाम्रो पार्टी नेकपा माओवादी’ भनेपछि हंगामा

नेकपा बैठकमा प्रचण्ड पुत्रीले ‘हाम्रो पार्टी नेकपा माओवादी’ भनेपछि हंगामा

  • आइतवार, माघ १९ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं– नेकपाको केन्द्रीय समिति बैठक चार दिन यता जारी छ । बैठकमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको एकीकृत केन्द्रीय समितिका नेताहरुले नै तत्कालीन पार्टीकै हैसियतमा प्रस्तुत हुँदा बैठकको माहोल रोचक र हाँसोले गुञ्जायमान समेत बन्ने गरेको छ ।

    शनिबारको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा टोली नम्बर १२ की नेतृ रेनु दाहालले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने क्रममा ‘हाम्रो पार्टी नेकपा माओवादी’ भनेपछि बैठकमा हाँसोको फोहरा छुटेको थियो । यस्तै अनुशासन आयोगका अध्यक्ष अमृत बोहरापनि त्यसैगरी चिप्लिए । उनले ‘हाम्रो पार्टी एमाले’ मा अनुशासन छैन भन्दै आफ्नो धारणा राखेका थिए ।

    पार्टी एकता भएको दुई वर्ष पुग्न लाग्दा समेत नेताहरुले तत्कालीन पार्टीकै नाम लिने अवस्था रहेको भन्दै कतिपय नेताहरुले अझैपनि भावनात्मक रुपमा एकता हुन नसक्नेको रुपमा टिप्पणी गरेका छन् । नेकपाका एक नेताले पार्टीका गतिविधि शून्य हुनु र भावनात्मक रुपमा एकता हुन नसक्दा अझै पनि समस्याहरु देखा परिरहेको प्रतिक्रिया दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६०३:३५:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend