आइतवार, माघ १९ २०७६
काठमाडौं– नेकपाको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले हेपिएको गुनासो गरेका छन् । उनीहरुले मन्त्री र सांसदले हेपेको गुनासो गरेका हुन् ।
समूह १५ को धारणा सुनाउँदै समूह नेता ठाकुर गैरेले पार्टी कार्यकर्तामा रातारात धनी हुने, उच्च पद हासिल गरिहाल्ने, प्राप्त पद कहिल्यै नछोड्ने, नेता र सरकारको पहुँचमा रहनेजस्ता प्रवृत्ति हावी हुँदै गइरहेको बताएका थिए। जस्तोसुकै कमजोरी गरे पनि नेतृत्वबाट संरक्षण पाइन्छ भन्ने विश्वास रहने समस्या रहेकाले यसको अन्त्य हुनपर्ने माग गरिएको छ।
सांसद र मन्त्रीबीच राम्रो सम्बन्ध नभएको उदाहरण दिँदै समूह ५ को प्रतिवेदनमा भनिएको छ, ‘मन्त्री र सांसदबीच नोकर र मालिकजस्तो सम्बन्ध छ। फोन नउठ्ने, भेट्न नपाउने र छलफल नहुने जस्ता समस्या छन्।’
शनिबार बैठकमा बोल्ने अधिकांश टोली नेताहरूले पार्टीले आर्थिक पारदर्शितामा ध्यान दिन नसकेको आरोप लगाए। उनीहरूले ‘आर्थिक प्रतिवेदन किन नल्याएको’ भनेर नेतृत्वलाई प्रश्न गरेको केन्द्रीय सदस्य धर्मशिला चापागाईंले बताइन्।
समाजवाद निर्माण गर्ने योजना लिएको पार्टीका नेताले शिक्षा र स्वास्थ्यमा लागानी गर्न नहुने विषयलाई टोली नेताहरूले उठाएका थिए। साथै दलाल पुँजीवादलाई साथ दिएर समाजवाद नआउने समेत उनीहरूले बताएका छन्।
समूह १५ का टोली नेता हिमाल शर्माले केन्द्रीय कमिटी सदस्यले शिक्षा र स्वास्थ्यमा लगानी गरेको भए एक वर्षभित्र लगानीबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका थिए। बाहिरिन नसक्नेले कमिटी छोड्नुपर्ने शर्माको भनाइ थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।