काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय नेपालमा माओवादी आन्दोलन चलाए । हाल प्रचण्ड माओवादी पार्टी छाडेर नेकपामा लागेका छन् ।
प्रचण्डले माओवादी छाडिसक्दा समेत उनकी पुत्री तथा चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले माओवादी मोह देखाएकी छन् ।
शनिबारको केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट रिपोर्टिङ राख्ने क्रममा दाहालले माओवादी पारा देखाएकी हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा पुरानो शैलीका प्रस्तुती देखिँदा बैठकमा हाँसो उठ्ने गरेको पाइएको छ ।
रेणु दाहालले समूहको रिपोर्ट प्रस्तुत गर्दा ‘हाम्रो पार्टी नेकपा माओवादी’ भनिन् । पार्टी एकीकरण भएको लामो समयम्म पनि उनले माओवादी पारा बिर्सिएकी छैनन् । उनले माओवादी भनेको सुनेपछि बैठकका सहभागी हाँसेका थिए ।
नेकपा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले बैठकमा ‘हाम्रो पार्टी एमाले’मा अनुशासन नरहेको भनेर बोले । नेकपा बाह्य रुपमा मिलेको देखिएपनि भित्र व्यावहारिक र मानसिक रुपमा मिल्न नसकेको आशंका गरिएका बेला केन्द्रीय कमिटी बैठकमै त्यसका संकेत देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।