खोटाङ – मुलुकमा व्याप्त भ्रष्टारचार र वेतिथि मौलाउदै गएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर देशैभरी चलेको छ । खोटाङमा पनि पछिल्लो समय कांग्रेस प्रवेश गर्नेको लहर बढीरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका जिल्ला अध्यक्ष धर्मराज पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस खोटाङको २५ औं जिल्ला कार्य समितिको बैठकको अवसरमा शनिबार पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
पोखरेललाई वीपी स्मृती भवन दिक्तेलमा कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति विष्णुकुमार राई लगायतले पार्टीको झण्डा हस्तान्तरण र अविरजात्रा गर्दै कांग्रेसमा भित्र्याएका हुन् ।
पार्टीमा भित्र्याएसँगै पोखरेललाई नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापति पदमा समायोजन गरिएको पार्टी ईच्छुराम रानाले जानकारी दिए । लामो समय राप्रपा संयुक्तका राजनीति गरेका पोखरेलले कांग्रेसमा राजनीतिक भविष्य देखेर पार्टी प्रवेश गरेको बताए ।
पोखरेलसँगै खोटाङ उधोग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेकपाका नेता रुद्र गिरी पनि कांग्रेसमा प्रवेश गरेका छन् । गिरीलाई सह–सचिव पद दिइएको छ ।
कार्यक्रममा गिरी उपस्थित नभए पनि उनको मनोनयन पत्र फोनबाटै वाचन गरेर सुनाइएको थियो । यस्तै, नेकपामा आवद्ध विजयखर्कका लेखनाथ खनाल, धनुश राई, तोयानाथ खनाल, वालकुमार ढकाल, मिलन पोखरेल, सुमन पोखरेल र भक्त शेर राई पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
यसैगरी,पार्टी प्रवेशसँगै विजयखर्कमा निर्माण हुने गाउँ कार्य समिति पार्टी भवनका लागि निःशुल्क ६ आना २ दाम जग्गा उपलब्ध गराउने जग्गादाता लेखनाथ खनाललाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले सम्मान गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।