आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पोखरेलको निधनले भावुक बने देउवा, गरे योगदानको चर्चा

पोखरेलको निधनले भावुक बने देउवा, गरे योगदानको चर्चा

  • शनिवार, माघ १८ २०७६

  • 3.8K
    SHARES

  • खस्यौली - प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पुर्याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् । प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ स्थित टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जलिसभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीबाट हस्तक्षेप गर्न नहुने बताएका हुन् । सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति काँग्रेसको सर्मथन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको चर्चा गरे । महामन्त्री डा शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व पोखरेलको योगदानको कदर हुने उल्लेख गरे । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, काँग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर राना लगायतले इमान्दार कार्यकर्ताको योगदानले काँग्रेस अहिलेको अवस्थामा आएको जानकारी दिए । प्रदेशसभामा विपक्षी दलका नेता पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं २०१४ मा नेपाली काँग्रेसमा आबद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गर्नुभएको थियो । भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गर्नुभएका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिइ प्रवासबाट फर्केर पार्टीमा क्रियाशील हुनुभएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १८ २०७६१२:३०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend