काठमाडौं -नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष राजीव ढुँगानाले कोटेश्वर क्याम्पसका नेविसंघका नेताहरुलाई चौकीमै गएर भेटेका छन् ।
सत्तारुढ दल नेकपाको विद्यार्थी संघ अनेरास्ववियुको ज्यादती विरुद्ध उत्रिएका संघका दुई जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेविसंघ कोटेश्वर क्याम्पसका इकाई उपाध्यक्ष संजय बुढाथोकी र सदस्य टेकबहादुर सिंहलाई थुनेर कोटेश्वर प्रहरी चौकीमा राखेको छ ।
चौकीमै पुगेर अध्यक्ष ढुँगानाले उनीहरुसँग भेट गर्दै कम्युनिष्ट अतिवादविरुद्ध नेविसंघ सशक्त रुपमा उत्रने भन्दै तत्काल उनीहरुलाई रिहा गन र रिहा नगरिए कडा आन्दोलनमा उत्रने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।