शनिवार, माघ १८ २०७६
काठमाडौं– बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीका राजिव ढुंगानालाई नेपाल विद्यार्थी संघ तदर्थ समितिको अध्यक्ष बनाए । ढुंगाना सभापति भएलगत्तै सामाजिक सञ्जालमा टिप्प्णी सुरु भयो । कसैले ४९ बर्षका ढुंगाना नेविसंघको अध्यक्ष भन्दै उडाउन भ्याए कसैले ५३ बर्षका । सेतोपाटी डटकमले ‘४८ बर्षिय ढुंगाना नेविसंघको अध्यक्ष’ शिर्षकमा समचार लेख्यो । तर, उक्त समचार लिंकमा सेतोपाटीका सम्पादक अमित ढकाललाई मेन्सन गर्दै कोटेट ट्वीट ढुंगानाको नामको ह्यान्डलबाट भयो ।
उक्त समचार लिंक रिट्वीट गर्दै उक्त ह्याण्डलले लेख्यो, ‘४८ होइन, ४६ हुँ म । जय नेपाल ।’ त्यसपछि नै ट्वीटरमा उनलाई पछ्याउनेहरु बढे । उनलाई हालसम्म ४५३ जनाले पछ्याएका छन् ।
तर, ढुंगानाको नामको ट्वीटर ह्यान्डल फेक भएको आशंका बरिष्ठ पत्रकार विपेन्द्र कार्कीले गरे । शुक्रबार कार्कीले ट्वीट गरे, ‘राजीव ढुंगानाको हेन्डल त फेक जस्तै लाग्यो यार !’ त्यती मात्रै होइन्, कार्कीले दोस्रो ट्वीट गरे, ‘राजीव ढुंगानाको फेक ह्यान्डल आतङ्क छ टीएलमा ।’ तर, कार्कीले तेस्रो ट्वीटमा भने ढुंगनाको नाममा ह्याण्डल बनाएर अरु कसैले चलाएको लेखेका छन् । ‘राजीव ढुंगानाको नाउँमा फेक चलाउने ढेडुले अरिङ्गालजन्य पुराना रिट्विट भने मेट्न पनि बिर्सेछ, कठै बुद्धि !,’ कार्कीले तस्रो ट्वीटमा भनेका छन् ।
पत्रकार कार्कीले गरेका तीन ट्वीटराजीव ढुंगानाको नाउँमा फेक चलाउने ढेडुले अरिङ्गालजन्य पुराना रिट्विट भने मेट्न पनि बिर्सेछ, कठै बुद्धि !
— Bipendra (@Bipendraa) January 31, 2020
राजीव ढुंगानाको फेक ह्यान्डल आतङ्क छ टीएलमा pic.twitter.com/iBNJVB6ZFC
— Bipendra (@Bipendraa) January 31, 2020
राजीव ढुंगानाको हेन्डल त फेक जस्तै लाग्यो यार !
— Bipendra (@Bipendraa) January 31, 2020
नभन्दै ढुंगानाको नामको ह्याण्डल जुलाई २०१९ मै खुलेको रहेछ । सोही ह्याण्डलबाट अन्तिम पटक अक्टोबर २०१९ मा अनेक ट्वीट रिट्वीट गरिएको छ । यसअघि गरिएका कुनै पनि रिट्वीट अहिलेसम्म मेटिएको छैन ।
एकाएक ३१ जनवरीमा यो ट्वीटर ह्याण्डलको नाम परिवर्तन गरिएको छ । शुक्रबारसम्म ढुंगाना आफैंले जसरी उक्त ह्याण्डल चलाइएको थियो । सो ह्यान्डलबाट गरिएका ट्वीटलाई केही मिडियाले समचार समेत बनाउन भ्याएका थिए । तर, शुक्रबार कार्की लगायतका ट्वीटर प्रयोगकर्ताले ढुंगानाको ह्यान्डल फेक भएको आशंका जनाएपछि बायोमा प्यारोडी एकाउन्ट लेखिएको छ ।
सोही ह्याण्डलबाट गरिएको ट्वीटलाई आधार मान्दै नयाँ पत्रिकाको अनलाइनले बनाएको समचार:
यस्तो थियो समचार बन्ने गरी गरिएको ट्वीट:
मेरो उमेरलाई लियर हामी-हामी बिचमा फाटो ल्याउने प्रयास गरिदै छ , म नभए अरु कसैलाई पनि त टिको नै लगाएर दिन पर्ने अवस्था थियो। कृपया एजजुट हौ हामीहरु। अखिल सँग चुनाव भिडने बेला आउँदै छ । मनमुटाव त्यगौ। अखिललाई हामी बिचमा खेल्न रोकौ । जय नेपाल।
— राजिब ढुंगाना (@RajivDhungana46) January 31, 2020
उमेरले गर्ने केही होइन तर पनि म ४६ मात्र हुँँ यहाँ हल्ला फिजाइयो ५२-५३ भन्दै , मेरो सोच २० बर्षका युवा बिधार्थीको भन्दा कमजोर छैन । नयाँ बिचारले हाम्रा बिधर्थीको भबिष्य निर्माणमा सधैं लागिरहने छु । जय नेपाल।
— राजिब ढुंगाना (@RajivDhungana46) January 31, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।