सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सांसद हुन नपाएका बामदेव गौतम फेरि चर्चामा, नेकपामा माक्स काण्ड !

सांसद हुन नपाएका बामदेव गौतम फेरि चर्चामा, नेकपामा माक्स काण्ड !

  • शुक्रवार, माघ १७ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बामदेव गौतम समय–समयमा सांसद बन्न खोज्दा चर्चामा आउँछन् । केही हप्ताअघि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदा समेत प्रधानमन्त्री बन्न पाइने भए मात्रै उम्मेदवार बन्ने अडान लिएका कारण बामदेव चर्चामा रहे । हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा उनलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधनको चर्चा भइरहेको छ । त्यही केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम मास्क काण्डका कारण समेत चर्चामा आएका छन् । उनी मास्क लगाएर केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका छन् । चीनबाट फैलिएको कोरोना भाइरस नेपालसम्म पुगेको अवस्थामा त्यसबाट बच्न उनले मास्क लगाएको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएका कारण बामदेवले नै केन्द्रीय सदस्यको धारणा सुनिरहेका छन् । कोरोना भाइरसको आतंक रहेकाले केन्द्रीय सदस्यलाई सचेत गराउन प्रतिकात्मक रुपमा नेता गौतमले मास्क लगाएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । माघ १५ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक माघ १९ गतेसम्म चल्नेछ । तेस्रो दिनको बैठकमा अध्यक्ष ओलीबाहेक ८ जना सचिवालय सदस्यको उपस्थिति रहेको छ । बैठकमा विभिन्न समूहका टोली नेताले निष्कर्ष सुनाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १७ २०७६०२:२०:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend