आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसले गर्यो जोडदार माग, देशैभरि प्रसंसा

कांग्रेसले गर्यो जोडदार माग, देशैभरि प्रसंसा

  • शुक्रवार, माघ १७ २०७६

  • 6.5K
    SHARES

  • काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहान प्रान्तमा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै नेपाल फर्काउन कम्युनिस्ट सरकारसँग माग गरेका छन् । सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर चीनमा रहेका विद्यार्थी र नागरिकलाई नेपाल फर्काउन सरकारले चासो नदिनु दुःखद् रहेको बताएका हुन् । ‘कयौं देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् । त्यहाँ रहेका करीब एकसय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।’ कोरोना संक्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल ! प्रेस विज्ञप्ति चीनको वुहान सहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कयौको मृत्यु भईसकेको छ भने यसवाट हजारौं संक्रमित भएका छन् । कोरोनाका कारण जीवन गुमाएका सवै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति नेपाली काँग्रेस का तर्फवाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागी चिन सरकारले गरिरहेको प्रभावकारी प्रयासको म हार्दिक प्रशंशा गर्दछु । अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपाल देशले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउंदै म सार्वजनिक अपिल गर्न चाहान्छु । १. कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कता बारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ । नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न म नेपाली काँग्रेसका साथीहरुसंगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई बिशेष आग्रह गर्दछु । २. नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस । ३. कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दु:खद र आपत्तिजनक छ । कोरोना भाईरसको संक्रमणबाट जोगाउंदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु । ४. वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु । ५. संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु । अन्त्यमा, कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपुर्वक सतर्कताका लागि म नेपाली काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी दाजुभाइमा बिशेष अपिलपनि गर्दछु । जय नेपाल । शेर बहादुर देउवा सभापति

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १७ २०७६१२:५९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend