काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र नेता शेखर कोइराला हजुरवुवा कृष्णप्रसाद कोइराला जन्मिएको घरमा पुगेका छन् ।
पार्टीको कार्यक्रमको सिलसिलामा सिन्धुली स्थित दुम्जा धरणीधर डाँडामा रहेको पुर्खेउली घरमा उनीहरु पुगेका हुन् ।
उनीहरुले हजुरबुवा जन्मिएको घर अघि तस्विर समेत खिचाएका छन् । तस्विर हेर्दा उक्त घरको अहिले भग्नावशेष मात्र बाँकी छ ।
२०७२ बैशाख १२ मा गएको भुकम्पले सो घर भत्काएको हो । भग्नावशेष अघि तस्विर खिचाएका उनीहरुको मुहारमा मन्द मुस्कान देखिन्छ ।
पुर्खेउली घरको दुरवास्था देख्दा उनीहरुले के सोचे होलान ? घर संरक्षण गर्न पहल गर्लान की नगर्लान ? त्यो भने अनुत्तरित नै छ ।
उनीहरु वीपी कोइराला प्रतिष्ठान, रामेछापले दुम्जामा आयोजना गरेको कार्यक्रमाम सहभागि हुन उनीहरु सिन्धुली पुगेका थिए ।
प्रतिस्ठानले खासगरी संस्थापन इतरसमुहको भेला जस्तो गरेर कार्यक्रम आयोजना गरेको थियो । सभापति शेरबहादुर देउवा निकटका कुनै पनि नेतालाई कार्यक्रममा बोलाइएको थिएन । जसका कारण कार्यक्रम समेत विवादीत बनेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।