काठमाडौं– सत्तारुढ नेकपाकै सांसदले प्रतिनिधीसभाको शुक्रबारको बैठकमा सरकारको चर्को आलोचना गरेका छन् । नेकपा सांसद जगेन्द्रबहादुर महतले गृहमन्त्रालयको चर्को आलोचना गरेका हुन् । महतले छाउगोठका नाममा घर भत्काइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ,’ नेकपा सांसद महतले आक्रोश व्यक्त गरे, ‘आठ जना मान्छेको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने ? बसमा मानिसको मृत्यु भयो भने बसमा आगो लगाउँदै हिड्ने ? त्यो पनि कुनै तरिका हो। चाहिँदो काम गर्नु पर्यो नि।’
उनले भष्टाचारी र काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्न नसकेको तर छाउगोठ भत्काउँदै हिडेको भन्दै असन्तुष्टी समेत व्यक्त गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।