आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिष्ट मुख्यमन्त्रीले मानव तस्करीका आरोपीलाई राज्यमन्त्री बनाए, नेकपामा भाँडभैलो

कम्युनिष्ट मुख्यमन्त्रीले मानव तस्करीका आरोपीलाई राज्यमन्त्री बनाए, नेकपामा भाँडभैलो

  • शुक्रवार, माघ १७ २०७६

  • 5.3K
    SHARES

  • इटहरी– प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले मानव तस्करीको आरोपीलाई राज्यमन्त्री बनाएपछि नेकपा भित्र भाँडभैलो मच्चिएको छ ।

    राहदानीमा फोटो चेञ्ज गरी युरोपदेखि अमेरिकासम्म मानवतस्करी गरेर अकूत सम्पत्ति आर्जन गरेका अम्बिर गुरुङलाई १ नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ । अम्बिर गुरुङ र एलिज थापा मिलेर ५० को दशकमा सयौँ नेपालीलाई पीसी गरी युरोप र अमेरिका पठाएका थिए ।

    कुपण्डोलको पुलसँगै गुरुङसहित पूर्वएआईजी विज्ञान शर्माका भाई दया शर्मा, विष्णु जोशी, दीपक मल्होत्राहरूले मितेरी रेष्टुरेन्ट खोलेका थिए ।

    त्यतिबेला त्यो रेष्टुरेन्टमा सुनदेखि डलर र मानवतस्करीको सेटिङ हुने गरेको समाचार पनि पत्रपत्रिकाले लेखेको पुराना अभिलेख खोज्ने हो भने अहिले पनि फेलापार्न सकिन्छ ।

    एलिजा थापा र गुरुङले अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीसँग सेटिङ गरी पीसी गरेर मानवतस्करी गरेको समाचार त झन् पटक–पटक प्रकाशित हुने गरेका थिए ।

    सुनदेखि पीसीबाट मानवतस्करी गरी रातारात धनी भएका गुरुङले २०७४ को निर्वाचनमा एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेललाई करोडौँ चुनाव खर्च दिएर ओखलढुंगाबाट प्रदेश सभा सांसदको टिकट लिएका थिए ।

    राजनीतिमा गुरुङ जस्ता बद्नाम पात्रको प्रवेश गराएका पोखरेलकै जोडबलमा अहिले उनलाई राज्यमन्त्री बनाइएको चर्चा नेकपा बृत्तमा हुने गरेको छ ।

    ओखलढुंगाको रुम्जाटारका गुरुङ मानवतस्करीदेखि अबैध सुन कारोबारबाट नवधनाढ्य भएका व्यक्ति हुन् । टोले गुण्डाको सम्पत्ति छानबिन गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अम्बिर गुरुङ जस्ताको कालोधनको बारेमा चासो नै राख्ने गरेको छैन ।

    धेरैको रकम विदेश पठाइदिने भनेर पचाएर उनी नवधनाढ्य भएका हुन् । नेकपाका पुराना नेताका छोराको करोड रुपियाँभन्दा बढी यिनले वर्षौंदेखि तिरेका छैनन् ।

    कयौँ सर्वसाधारणको घरजग्गा थाहा नै नपाई बैंकमा राखेर पैसा लिने र लिलाम गराइदिएका कारण धेरैको उठीबास गराइदिएका छन् । कतिको बैंकमा धितो राख्ने भनेर मालपोतका कर्मचारीसँग मिलेर दृष्टीबन्धक राख्न लैजाँदा पास नै गरेर हत्याएको आरोप उनीमाथि छ ।

    नेकपाका पूर्वमहासचिव, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म पहुँच भएका गुरुङ घरमै प्रहरी आईजीपीलाई बोलाएर खानपान गर्ने हैसियत राख्छन् । उनले तस्करीदेखि सर्वसाधारण जनताको घरजग्गा हडपेर चावहिलबाट जाँदा ओमअस्पतालदेखि पारीपट्टि रिजेन्सी टावरदेखि थुप्रै ठाउँमा घरजग्गा खरिद गरेका छन् । राजनीतिलाई भ्रष्टीकरण गर्ने कार्य दलहरूले गुरुङ प्रवृत्तिलाई बढावा दिएर गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १७ २०७६०४:१२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend