शुक्रवार, माघ १७ २०७६
काठमाडौं– सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले एमसिसी चीनलाई रोक्न नआएको दाबी गरेका छन्। बुधबार बाट सुरु भएको केन्द्रीय समिति बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकारले चीनलाई रोक्न एमसिसी ल्याएको संकेत गरिएको छ ।
तर, बिहिबारको पत्रकार सम्मेलनमा बाँस्कोटाले त्यसको खण्डन गरेका छन् । उनले भने, 'एमसिसी चीनलाई छेक्न आएको होइन। बिआरआई अमेरिकालाई रोक्न पनि आएको होइन।'
पत्रकारले राखेको जिज्ञासामा उनले संसद्ले एमसिसी पारित गरेरै छाड्ने पनि बताए। संसद्मा दर्ता भइसकेको एमसिसी सम्बन्धी विधेयकमा छिटै छलफल गरेर पारित गरिने पनि उनको भनाइ छ।
उनले कुनै पनि देशले दिएको सहयोग सरकारले लिने पनि स्पष्ट पारे। अमेरिकी सरकारको सहयोग कम्प्याक्ट एमसिसीमार्फत् अमेरिकाले नेपाललाई ५५ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने गरी सम्झौता गरिकसेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।