आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगन थापालाई नेपाली कांग्रेसको नेतृत्वमा आउन नेताहरूको प्रस्ताव

गगन थापालाई नेपाली कांग्रेसको नेतृत्वमा आउन नेताहरूको प्रस्ताव

  • बिहिवार, माघ १६ २०७६

  • 6.2K
    SHARES

  • सुनसरी – नेपाली कांग्रेसका चर्चित केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापालाई पार्टीको नेतृत्वमा आउन नेताहरूले प्रस्ताव गरेका छन् । कांग्रेसको आगामी महाधिवेशनको मिति घोषणा भइसकेको बेला सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा कांग्रेस रामधुनी नगर समितिद्वारा आयोजित नगर सम्मेलनमा नेता थापालाई नेतृत्वमा आउन प्रस्ताव गरिएको हो । कार्यक्रममा कांग्रेस सुनसरीका सभापति तथा १ नम्बर प्रदेशका प्रदेशसभा संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन प्रस्ताव गरेका हुन् । नेता थापाले समेत नेता कार्यकर्ताको सुझाव अनुसार महाधिवेशनमा उम्मेदवारी दिने बताउँदै आएका छन् । कार्यक्रममा बोल्दै नेता थापाले कम्युनिस्ट सरकारले देशलाई विकासको सट्टा बर्बादीतर्फ लगेको आरोप लगाएका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशलाई पछाडि धकेलेको आरोप समेत लगाएका छन् । बहुमतप्राप्त कम्युनिस्ट सरकारले देशलाई विकास निर्माणतर्फ अगाडि बढाउन छाडेर त्यसविपरीतका कार्य गर्ने गरेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०२:४२:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend