आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाद्वारा नेविसंघ गठन, आरजु हावी, पाैडेल, सिटाैला र काेइरालाभित्र बिबाद

देउवाद्वारा नेविसंघ गठन, आरजु हावी, पाैडेल, सिटाैला र काेइरालाभित्र बिबाद

  • बिहिवार, माघ १६ २०७६

  • 7.4K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन गरेका छन् । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सुनसरी जिल्लाका राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघ गठन गरेका हुन् । विज्ञप्तिअनुसार देउवाले अध्यक्षमा राजीव ढुंगाना (सुनसरी), महामन्त्रीद्वयमा मनोज बैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा)लाई नियुक्त गरेका छन् । महामन्त्री बनेका बैद्य यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निकटका थिए । सिंहलाई छाडेपछि बैद्यले महामन्त्री पाएका छन् । अर्की महामन्त्री कुँवर सभापति देउवाकी पत्नी आरजु राणा देउवाको रोजाइ र दवावमा नियुक्त भएकी छिन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ । ‘यस तदर्थ कार्यसमितिले आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ । ‘आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ । ‘तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन्’, नेपाली कांग्रेसले जनाएको छ । ‘यसअघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन’, विज्ञप्तिमा भनिएको छ । नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरूको मनोनयन यथाशिघ्र गरिनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार र नेता कृष्णप्रसाद सिटौलाले नाम दिन नसकेका कारण अरु पदाधिकारी र सदस्यहरू नियुक्त गरिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०६:५०:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend