आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीले रातारात किन बदले रणनीति ?

ओलीले रातारात किन बदले रणनीति ?

  • बिहिवार, माघ १६ २०७६

  • 6.4K
    SHARES

  • काठमाडौं - पार्टीभित्र अल्पमतमा पर्ने सम्भावना देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिमा परिवर्तन ल्याएका छन् । केन्द्रीय सचिवालयमा अल्पमतमा परेका ओलीले आफ्नो रणनीतिमा थोरै परिवर्तन ल्याएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साइजमा ल्याउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा ल्याउने प्रयास गरेका छन् । गएको तीन हप्तामा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक सम्वाद गरेका छन् । सम्वादमा भएका आन्तरिक विषयका बारेमा बाहिर केही भनिएको छैन । तर, ओलीले कांग्रेसलाई देखाएर पार्टीभित्र आफ्नो दबदबा कायम राख्न खोजेका छन् । भैँसेपाटीमा प्रचण्डले ओलीविरुद्ध गुटको भेला राखेपछि नेकपाभित्र नयाँ ट्वीस्ट आएको हो । भैँसेपाटी भेलाबाट तर्सिएका ओलीले लगत्तै वरिष्ठ नेता झलनाथ खनालसँग लामै वार्ता गरे । त्यो वार्तापछि खनालले ओलीलाई साथ दिने भएका छन् । खनालले स्पष्ट रुपमा आफूले ओलीलाई साथ दिएको संकेत गरिसकेका छन् । पूर्वमाओवादीहरूसँग निकट हुन नसक्ने उनको भनाइ छ ।प्रधानमन्त्री ओलीले आवश्यक पर्यो भने देउवाले माग गरेको सबै विषयबस्तुलाई पूरा गर्ने मनस्थिति बनाएका छन् । पार्टीबाट सरकारलाई असहयोग भयो भने ओलीले कांग्रेसलाई देखाएर प्रचण्ड र विरोधी नेताहरूलाई तह लगाउने योजना बनाएको स्रोतले जनाएको छ । ओलीले देउवासँग निकटता बनाएपछि कांग्रेसभित्र हँगामा भएको छ । त्यति मात्रै होइन देउवालाई ओलीले उपसभामुख दिनेसम्मको आश्वासन दिएको चर्चा कांग्रेसभित्र छ । अर्का वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई साथ दिन नसक्ने संकेत गरेका छन् । नेपालले प्रचण्डलाई साथ दिन आफू निकटका नेताहरूलाई भनेका छन् । नेपालको रणनीति चालपाएका ओलीले नेपाल समूहलाई नाकाबन्दी लगाएका छन् । ओलीसँग पंगा लिएकै कारण युवराज ज्ञवाली जस्ता नेकपाका राम्रा नेताहरूलाई राष्ट्रियसभाको टिकट दिइएन । युवराज ज्ञवालीहरू पूर्वएमालेभित्रका राम्रा नेताहरूमा चिनिन्छन् । आदर्श र ईमान्दार नेताको पहिचान बनाएका युवराज ज्ञवाली जस्ता नेताहरूलाई ओलीले पाखा लगाइदिएका छन् । ओलीले आफूलाई वामदेव गौतमबाट पनि खतरा देखेका छन् । गौतमलाई ओलीले दुई वर्षका लागि कुनै ठाउँमा थन्काएर राख्ने योजना बनाएका छन् । गौतमलाई छिटै ओलीले उपयुक्त गाउँमा राख्ने बुझिएको छ । त्यति मात्रै होइन ओलीले मन्त्रीहरूलाई समेत सार्वजनिक कार्यक्रमहरूमा बोल्न बन्देज लगाइदिएका छन् । ओलीको निर्देशन उल्लंघन गर्ने हिम्मत कसैले गरेका छैनन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको नियमित पत्रकार सम्मेलन गर्नेभन्दा केही गर्दैनन् । मन्त्रीहरूका अभिव्यक्ति एकपछि अर्को गरेर विवादमा तानिएपछि ओलीले बालुवाटार बोलाएर सार्वजनिक रुपमा नबोल्न निर्देशन नै दिएका हुन् ।ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रीहरूको अनुगमन गर्ने गरेका छन् । मन्त्री मात्रै होइन रिमालले पार्टीभित्रका नेताहरूको जासुसी पनि गर्ने गरेका छन् । रिमालमाथि सरकार र प्रधानमन्त्री ओलीको विरोध गर्नेहरूको सूची बनाएर ओलीलाई बुझाउने गरेको आरोप छ । ओलीले मन्त्रीहरूलाई लगाएको बन्देजपछि सरकारको आलोचना भएको छैन । आलोचनाबाट डराउने सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई च्याप्दै लगेको छ ।(आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ) ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०६:०२:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend