आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वीपीको गाउँ दुम्जामा आमसभा हुदै गर्दा खड्काको हर्कतले कांग्रेसमा भद्रगोल

वीपीको गाउँ दुम्जामा आमसभा हुदै गर्दा खड्काको हर्कतले कांग्रेसमा भद्रगोल

  • बिहिवार, माघ १६ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं - वीपी कोइराला प्रतिष्ठान, रामेछापले सिन्धुली जिल्लाको दुम्जामा आमसभाको कार्यक्रम हुने भएको छ । आमसभा सुनकोशी गाउँपालिकाको वडा नम्बर १ कुशेश्वर, दुम्जा, पानीपोखरीमा माघ १७ गते शुक्रबार बिहान १० बजे हुनेछ । सोहीअनुसार प्रतिष्ठानले आफ्नो तयारी गरेको छ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस सिन्धुली, काभ्रे र रामछापसँगको सहकार्यमा प्रतिष्ठानले आमसभाको कार्यक्रम राखेको हो । आमसभामा प्रतिष्ठानले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका कुनै पनि नेतालाई बोलाएको छैन । देउवा निकटका नेताहरूलाई बहिस्कार गरेर राखिएको कार्यक्रम विवादमा परेको छ । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको नाममा हुन लागेको कार्यक्रममा देउवा समूहलाई राजनीतिक पूर्वाग्रह राखेर नबोलाएपछि रामेछाप, काभ्रे र सिन्धुलीका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू रिसाएका छन् । प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काको यो हर्कतले काठमाडौंमा हँगामा भएको छ । अध्यक्ष खड्काले राजनीतिक पूर्वाग्रह राखेर कार्यक्रम गर्न थालेपछि देउवा निकटका नेता तथा कार्यकर्ताहरूले आमसभामा सहभागी नहुने बताउन थालेका छन् । प्रतिष्ठानले सामाजिक सञ्जाल फेसबुकमा राखेको निमन्त्रणामा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, प्रभावशाली नेता कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, डा.शेखर कोइराला, श्याम घिमिरे, प्रदीप पौडेल र अभिनेत्री मनीषा कोइरालाको नाम राखिएको छ । कार्यक्रममा बोलाइएका सबै नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार र नेता कृष्णप्रसाद सिटौला निकटका मात्रै छन् । नेपाली कांग्रेसका सभापति देउवा निकटका नेताहरूलाई प्रतिष्ठानले बोलाएको छैन । वीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काले कार्यक्रमको आयोजना राखेका हुन् । उनलाई नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जवल बरालले साथ दिएका छन् । सभापति बरालले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको पुख्र्यौली गाउँ दुम्जामा कार्यक्रम राखिएपछि सबै प्रकारको सहयोग गरेका छन् । नेपाली कांग्रेस सिन्धुलीका सभापति बरालले भने, ‘वीपी कोइरालाको नाममा हुने कार्यक्रमलाई म र सिन्धुली कांग्रेसको सम्पूर्ण साथ समर्थन छ ।’ यो कार्यक्रमलाई नेपाली कांग्रेस सिन्धुलीका सभापति बरालका साथै नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य र नेपाली कांग्रेसका सभापति लवश्री न्यौपानेले पनि साथ दिएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरूले सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०४:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend