बिहिवार, माघ १६ २०७६
काठमाडौैं– नेकपा केन्द्रीय कमिटीको बैठकमा एउटा तस्विरले हंगामा मच्चाएको छ । मञ्चको एउटा सजावटमा भने केन्द्रीय सदस्यहरूले औंला उठाएका छन्। उनीहरूले आपत्ति जनाएको सजावट हो, पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको तस्बिर।
मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर थियो। त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र देब्रेतिर अर्का अध्यक्ष दाहालको तस्बिर राखिएको थियो। बहालवाला दुई अध्यक्षको फोटोलाई यसरी भित्ता टाँगेर 'देवत्वकरण गरिएको' भन्दै केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन्।
केन्द्रीय सदस्यहरू राजेन्द्र राई, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा लगायतले 'आफैं मञ्चमा बसेर आफ्नै फोटो राख्नु कम्युनिस्ट सिद्धान्तविपरीत' भन्दै फोटो हटाउन माग गरे।
दुई अध्यक्षसहित मञ्चमा बसेका नेताहरूप्रति सम्मान रहे पनि उनीहरूलाई सर्वेसर्वा मान्न नसकिने राईले बताए।
राईको भनाइलाई समर्थन गर्दै अर्का केन्द्रीय सदस्य खतिवडाले 'यस्ता तस्बिर राखेर लाज हुन्छ कि गर्व लाग्छ' भनेर प्रश्न गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।