आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगन तराई झरेपछि नेकपामा उत्पात, अध्यक्षसहित दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

गगन तराई झरेपछि नेकपामा उत्पात, अध्यक्षसहित दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

  • बिहिवार, माघ १६ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    सुनसरी जिल्लाको रामधुनीमा आयोजित एक कार्यक्रममा नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले भित्र्याएका हुन् ।

    पार्टी परित्याग गर्नेमा युवा संघ नेपाल रामधुनी ५ का अध्यक्ष एमकाजी राई, राप्रपा नगर सचिव लेखनाथ खतिवडा, शम्भु बस्नेत, प्रेम राई, प्रल्लाद बिष्ट, टेकबहादुर कार्की, शिवकुमार माझी, महादेव माझी, मुक्तीनाथ सुवेदी, विनोद परियार, सिर्जना कार्की, प्रेमिका परियार, सीता परियार पुनम बिक, रमेश तामाङ, विपिन परियार, इन्दिरा तामाङ, हरिलाल मेहता, शिशिर चौधरी, राकेश चौधरी लगायत रहेका छन् ।

    नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका युवा नेता थापाले खादा तथा अविर लगाएर प्रवेश गराएका थिए ।

    नवप्रवेशीहरूले देशको पार्टी कांग्रेस नै भएको प्रतिकृया दिएका छन् । कार्यक्रमको सभापतित्व नगर सभापति सुदीप अधिकारीले गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०३:२९:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend