बिहिवार, माघ १६ २०७६
काठमाडौं– प्रधानमन्त्री एवं सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली जारी केन्द्रीय समितिका बाँकी बैठकमा सहभागि नहुने भएका छन् । उनले बैठकको उद्घाटनमा दुई घन्टा उद्घाटन मन्तव्य राखेका थिए । सरकारको कारबाही, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यती समूहसँगको निकटताबारे स्पष्टीकरण दिनमा खर्चिएका थिए ।
सम्बोधन सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रियसभा गृहको बैठक स्थलबाट बाहिरिएका थिए । नेकपा उच्च स्रोतका अनुसार उनी अब बाँकी बैठकमा पनि सहभागी हुने छैनन् । उहाँको स्वास्थ्यले पनि साथ दिँदैन, त्यसैले बाँकी बैठकमा उहाँ सहभागी हुनुहुन्न’ एक नेताले भने ।
कतिपयले नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री नै सहभागी नभएपछि पार्टी एकताको लामो समयपछि बसेको बैठक औपचारिकतामा मात्र सिमित हुने त होइन भन्ने चिन्ता व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।