बुधवार, माघ १५ २०७६
काठमाडौं– नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा कसरी शक्तीशाली हुने भन्ने ध्याउन्नमा छन् । पार्टी भित्र मात्रै होइन, पार्टी बाहिर समेत कसरी शक्ती आर्जन गर्न उनीहरुले ध्यान केन्द्रीत गरेका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकीकरण भएर नेकपा गठन भएको हो । तत्कालीन एमाले र माओवादीका अध्यक्षद्वय ओली र प्रचण्ड दुवै नेकपाको अध्यक्ष पनि हुन् । पार्टी एकीकरण अघि भएको चुनावी तालमेलले उनीहरु केन्द्रीयदेखि स्थानीय तहसम्म बहुमत ल्याउन सफल भए । केन्द्रीय सरकारको नेतृत्व ओलीले गरेका छन् ।
पार्टीको विभिन्न विभागको नेतृत्व तोक्दा ओलीको निर्णय नै नेकपामा लागू भयो । सभामुख चयनबाहेक पछिल्लो उदाहरण हुन सक्छ, स्कूल विभागको नेतृत्व चयन । स्कूल विभागको नेतृत्व आफूहरुले पाउनु पर्ने भन्दै पूर्वमाओवादी पक्षधरको खुमलटारमै बैठक बसेर अडान कायम राख्ने निर्णय गरेको थियो । तर, अन्ततः प्रचण्डसहित पूर्वमाओवादी पछि हटे, स्कूल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेलले पाए ।
यो उदाहरण मात्रै हो, यस्ता धेरै घटना छन्, प्रचण्ड ब्याक हट्दै ओलीको निर्णय हावी भएको थियो । प्रचण्डको भन्दा ओली निर्णय नेकपामा पेचिलो र अन्तिम निर्णय बन्दै गएका बेला सभामुख चयनमा भने उनी पछि हट्न बाध्य बनाए प्रचण्डले ।ओली विरामी भएर नियमित स्वास्थ्य परिक्षण र उपचार गर्नुपरेपछि प्रचण्डलाई कार्यकारी अध्यक्ष तोकियो । ओली अस्पतालमा हुँदा उनले पार्टीको बैठक राखेका थिए । अन्यथा सरकार र पार्टी दुवैमा ओली हावी थिए ।
पूर्वमाओवादीहरुले आफूहरुलाई पछि पार्न ओली सक्रिय भएको अनुभव गर्दै आएका थिए । यही बेला तत्कालीन माओवादीबाट सभामुख बनेका कृष्णबहादुर महरालाई यौनदुराचारको आरोप लाग्यो । उनले सभामुखबाट राजीनामा दिए । नयाँ सभामुख चयनका बेला ओली र प्रचण्डको अडान महिना दिनभन्दा बढी चल्यो । प्रचण्ड जसरी पनि पूर्वमाओवादीका नेतालाई सभामुख बनाउन कम्मर कसे, ओली पनि पूर्व एमालेका नेतालाई सभामुख बनाउन अडान लिए । अन्ततः पूर्वमाओवादीका नेतासमेत रहेका अग्निप्रसाद सापकोटा सभामुख बने ।
आफूहरुलाई पेल्दै लगेको अनुभव गरेका प्रचण्डले अब सभामुख अग्निमार्फत प्रधानमन्त्री ओलीसँग आफ्नो शक्ति सन्तुलन मिलाउने दाउमा छन् । प्रचण्डनिकट नेताको रुपमा चिनिन्छन्, अग्निप्रसाद सापकोटा । अब सरकारले दिने बिजनेस सदनमा प्रवेश गराउन अग्निको विशेष भूमिका रहन्छ । व्यस्थापिकामा प्रचण्डको पकड प्रधानमन्त्री ओलीले एक किसिमको धक्काको महसुस गरेका छन् ।
सभामुखमा आफू निकट अग्निप्रसाद सापकोटालाई बनाउन प्रचण्डले खेलेका राजनीतिक स्टेपबारे ओलीले विभिन्न कोणबाट विचार विश्लेषण गर्न थालेका छन् । पछिल्लो समय पूर्वएमालेका वरिष्ठ नेताहरूलाई आफ्नो पक्षमा पारेर प्रचण्डले पेल्दै गएको ओलीको बुझाई छ । सोही कारण आगामी दिनमा पार्टी र सरकार सञ्चालन गर्ने विषयमा उनले पूर्वएमालेकै नेताहरूको साथ फेरि एकपटक खोजेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।