आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पदीय मर्यादा अनुकूल नभएपछि राज्यमन्त्रीले दिइन् अकस्मात राजीनामा

पदीय मर्यादा अनुकूल नभएपछि राज्यमन्त्रीले दिइन् अकस्मात राजीनामा

  • मंगलवार, माघ १४ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – राज्यमन्त्रीको पदीय मर्यादा अनुकूल अवस्था नभएको भन्दै प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामापत्र बुझाउँदै झाले राजीनामा दिएकी हुन् । प्रदेश सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले मंगलवार राजीनामा दिइन् । उनले मंगलवार दिउँसो राजीनामा गरेको जानकारी गराएकी हुन् । राजीनामा पत्रमा लेखिएको छ, ‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकूल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु ।’ स्पष्ट रुपमा कारण नखोली समाजवादी पार्टीका मुख्यमन्त्रीलाई राजपा राज्यमन्त्रीले बुझाएको राजीनामापत्रलाई शंकास्पद रुपमा हेरिएको छ । केन्द्रमा राजपाले नेकपासँग साँठगाँठ गरिरहेको बेला राजपाकी मन्त्रीले समाजवादीका मुख्यमन्त्रीलाई राजीनामा बुझाएकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६०१:०७:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend