आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आरजुकाे हस्तक्षेपले नेविसंघमा भाँडभैलाे, निधिले देखाए कमाल

आरजुकाे हस्तक्षेपले नेविसंघमा भाँडभैलाे, निधिले देखाए कमाल

  • मंगलवार, माघ १४ २०७६

  • 7.4K
    SHARES

  • काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ) को नयाँ नेतृत्वको लागि विद्यार्थी नेताहरूको दौडधुप तीब्र गतिमा भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ गठनको अन्तिम तयारी गरेका छन् । उनले नेपाली कांग्रेसका शीर्ष र नेविसंघका पूर्व अध्यक्षहरूसँग पनि परामर्श गरेका छन् । नेताहरूका अनुसार नेविसंघको नयाँ नेतृत्वमा ११औँ कार्यसमितिमा पदाधिकारीमा रहेकाहरूलाई नल्याउने सहमति पनि भएको छ । सभापति देउवाले राजीव ढुंगानाको नेतृत्वमा १२औँ महाविधेशन सम्पन्न गर्ने गरी राजीव ढुंगानाको नेतृत्वमा कार्यसमिति बनाउन लागेका हुन् । सभापति देउवाले नेविसंघको कार्यसमिति र पदाधिकारीमा समावेशिता बनाउन चाहेका छन् । तर, उनी आफ्नै पत्नी र गुटका नेताहरूको दवावमा परेको स्रोतको भनाइ छ । देउवाले एउटा महामन्त्री उपसभापति विजय गच्छदारलाई दिन चाहेका छन् । देउवाको यो योजनामा उपसभापति विमलेन्द्र निधि बाधक बनेका छन् । निधिले गच्छदारलाई एउटा पनि पदाधिकारी दिन नचाहेको स्रोतले जानकारी दिएको छ । हुन त वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारीहरूको संख्या अझै बढाउन सभापति देउवासँग प्रस्ताव गरेको छ । विद्यार्थी नेताहरूलाई व्यवस्थापन गर्न समस्या भएपछि पौडेलले पदाधिकारी बढाउन प्रस्ताव गरेका हुन् । सभापति देउवाको टिमबाट नेविसंघको महामन्त्रीमा महेश्वरी कुँवर र शुभराम बस्नेतको नाम चर्चामा रहेको छ । बस्नेतले उपाध्यक्ष ‘खान्न’ भनेर आफू निकटका नेताहरूलाई भन्ने गरेका छन् । महेश्वरी कुँवरलाई सभापति देउवाकी पत्नी आरजु देउवा राणाको दवावमा महामन्त्री बनाउने तयारी भएको छ । आरजु राणा देउवाले नेविसंघमा अपारदर्शी रुपले हस्तक्षेप गरेको नेविसंघभित्र व्यापक चर्चा छ । देउवा टिमबाट नेविसंघको महामन्त्रीमा काठमाडौंका मनोज बैद्य बन्दै छन् । यसअघि नेता प्रकाशमान सिंहको समूहमा रहेका बैद्यले टिम परिवर्तन गरेर देउवा समूहबाट महामन्त्री पड्काउन थालेका हुन् । बैद्य नेविसंघका नेता तथा कार्यकर्ताहरूका वीचमा लोकप्रिय मानिन्छन् । विद्यार्थी नेता तथा कार्यकर्ताहरू परिचालनमा बैद्यको राम्रो प्रभाव छ । देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पनि एक–एक जनालाई उपाध्यक्षमा अगाडि सारेका छन् । निधिले बैकुण्ठ श्रीवास्तवलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । महामन्त्री खड्काले सुरेन्द्र केसीलाई उपाध्यक्ष बनाउन खोजेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट महामन्त्रीमा मोती भण्डारीको नाम चर्चामा छ । पौडेल समूहमा भण्डारी लोकप्रिय मानिन्छन् । नेविसंघका नेता तथा कार्यकर्ता परिचालनमा भण्डारीको आफ्नै प्रभाव छ । पौडेल समूहबाट महामन्त्रीमा दीपक भट्टराईले पनि दाबी गर्दै आएका छन् । भट्टराई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईका भतिजा हुन् । कोइराला परिवारबाट महामन्त्री डा।शशांक कोइरालाले उर्मिला थपलियालाई महामन्त्री बनाउन खोजेका छन् । थपलिया नेविसंघको महामन्त्री बन्ने पक्का जस्तै छ । उपाध्यक्षमा पौडेल समूहबाट हिमालदत्त श्रेष्ठको नाम चर्चामा छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपाध्यक्षमा लीलाबल्लव दाहाल ‘काका’ र महामन्त्रीमा निखिलेस मिश्रलाई अगाडि सारेका छन् । नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा वलदेव तिमिल्सिनाको नाम चर्चामा छ । युवराज पाण्डे र मुक्ति पौडेलको नाम सिटौला समूहबाट चर्चामा आएको छ । नेविसंघ गठनका लागि आएका नामहरू चर्चामा रहेपनि अन्तिम टुंगो लागेको छैन । स्रोतका अनुसार सभापति देउवा बुधबारसम्म कार्यसमिति दिने तिब्र तयारीमा लागेको बताइएको छ  ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६१२:०६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend