आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपाका धेरै नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश, सभापति देउवाले गरे भब्य स्वागत

नेकपाका धेरै नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश, सभापति देउवाले गरे भब्य स्वागत

  • मंगलवार, माघ १४ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं - झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा रामेछापका थुप्रै नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टीमा भित्र्याएका हुन् । सभापति देउवाले योग्य र क्षमताका आधारमा पार्टी प्रवेश गरेका सबैलाई जिम्मेवारी दिइने आश्वासन दिए । उनले भने, ‘रामेछाप जिल्लाबाट नेकपा परित्याग गरी धेरै युवा साथीहरू नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरूलाई बधाई छ पार्टीमा हार्दिक स्वागत गर्दछु ।’ नेकपा परित्याग गरेका उनीहरूले कम्युनिस्टहरू झुठको खेतीमा लागेर जनतालाई दुःख दिने कार्यमा लागेकाले नेपाली कांग्रेसमा प्रवेश गरेका बताए । उनीहरूले लोकतन्त्र रह्यो भने मात्रै देश र जनताको भविष्य उज्वल हुनेभन्दै कम्युनिस्टहरूको मीठा कुरामा नफस्न सबैलाई अपील गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६१०:२१:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend