आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरीभित्र यौनकाण्ड, युवतीलाई कोठामा लगेर ६ महिनासम्म यौन शोषण !

प्रहरीभित्र यौनकाण्ड, युवतीलाई कोठामा लगेर ६ महिनासम्म यौन शोषण !

  • मंगलवार, माघ १४ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौं - नेपाल प्रहरीमा कार्यरत तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिकारीहरू घुसकाण्डमा बद्नाम भएका बेला यौनकाण्डका श्रृङ्खला सुरु भएका छन् । प्रहरीका उच्च अधिकारीकै यौन काण्ड बाहिरिन थालेका हुन् । नेपाल प्रहरीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक डिएसपीले करिब डेढ महिना अघि जागिरबाट हात धुनु परेको तथ्या फेला परेको हो । जिल्ला प्रहरी मोरङमा कार्यरत रहेका डिएसपीले आफ्नो सेवा अवधि दुई बर्ष बाँकी हुँदा नै राजीनामा दिएका हुन् । २३ वर्षे युवतीले आफूलाई ६ महिना यौन शोषण गरेको आरोपसहित प्रहरी प्रधान कार्यालय उजुरी छानवीन शाखामा मुद्धा हालेपछि जागिर छाडेर उनी फरार भएका हुन् । गत बर्ष महानगरीय प्रहरी चापागाउँमा कार्यरत रहेका डिएसपी राजकुमार खिउजुलाई यौन दुव्र्यवहारको आरोप लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सो आरोप लागेपछि मोरङमा कार्यरत रहेका खिउजुले डेढ महिना अघि जागिरबाट राजिनामा दिएर सम्पर्क विहिन भएका छन् । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानवीन समितिले भने उनको फाइल लुकाएको छ । प्रहरी नायव महानीरिक्षक (डिआइजी) मनोज न्यौपानेको टेबुलबाटै सो फाइल हराएको स्रोतले जनाएको छ । चापागाउँ प्रहरी प्रमुख हुँदा ती किशोरी विदेश जानका लागि प्रहरी रिपार्ट बनाउन भन्दै डिएसपीको सम्पर्कमा पुगेकी थिइन् । प्रहरी रिपोर्ट चापागाउँ प्रहरीमा नबन्ने भएकाले उनलाई जावलाखेल प्रहरी परिसर लगिदिने बहानमा कोठामा पु¥याइ बलात्कार गरेको उजुरीमा उल्लेख थियो । निरन्तर ६ महिनासम्म बलात्कार गरेका उनको सरुवा मोरङ जिल्ला प्रहरी कार्यालयमा भएको थियो । ती युवतीलाई विभिन्न प्रलोभन दिएर बलात्कार गरेको आरोप उनी माथि छ । डिएसपी खिउजुको सरुवा भएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । पहिला महानगरीय प्रहरी परिसरमा उजुरी दिन गएकी ती युवतीलाई त्यहाँका एक डिएसपीले त्यतिकै फर्काएका थिए । पछि प्रहरी प्रधान कार्यालयमा पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि खिउजु दम्पत्तीले ती किशोरीलाई भेटेर माफी माग्दै जे भन्यो त्यही गरिदिने आश्वसन दिए पनि किशोरीले मुद्धा फिर्ता नलिने बताएकी थिइन् । प्रहरी स्रोतका अनुसार हाल डिएसपी खिउजुलाई मिलाउन भनेर ललितपुर नेकपाका केही युवा नेताहरू अग्रसर भएका छन् तर खिउजु नै सम्पर्क विहिन भएकाले त्यो मुद्धा त्यतिकै प्रहरी प्रधान कार्यालयमा अलपत्र परेको छ । ‘डिआइजी न्यौपानेले नै यस्ता मुद्धा कति आउँछन कति भन्दै फाइल खोल्न मान्नु भएन धेरै प्रहरीको उजुरी आएका छन् सबैको हेरेर साध्य लाग्दैन’, डिआइजी न्यौपानेको भनाई उदृत गर्दे प्रधान कार्यालय स्रोतले भन्यो ‘उहाँ बसिन्जेल यो फाइल खुल्दैन ।’ डिआइजी न्यौपानेले उनलाई किन संरक्षण गरेका हुन भन्ने बारेमा केही खुलेको छैन । हालै मात्र प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहले पनि यौन शोषण गरेको भन्दै तीन जना महिला प्रहरी कर्मचारीले उजुरी दिएको चर्चामा छ । उक्त विषयमा पनि छानबिन हुन सकेको छैन । अबको १२ दिनपछि डिआइजी न्यौपाने ३० बर्षे सेवा अवधिका कारण जागिरबाट विदा हुदैछन् । एक प्रहरी अधिकृतका अनुसार त्यसअघि उनी त्यस्ता फाइल खोल्न चाहैनन । आफ्नो कार्यकालमा खासै योगदान गर्न नसकेका डिआइजी न्यौपानेले प्रहरीभित्रका गुनासालाई छानवीन नगरी विदा हुन लागेका हुन । आन्तरिक शुद्धिकरणमा लागेको प्रहरी संगठनभित्र खिउजुमात्र होइन अन्य प्रहरीलाई पनि बलात्कार काण्डले पछ्याउन छाडेको छैन । केही दिन अघि मात्रै प्रहरीको विधिविज्ञान प्रयोगशालामा कार्यरत एसएसपीलाई त्यहीको महिला प्रहरी कर्मचारीमाथि बलात्कारको अभियोग लागेको छ । तर उनले राजिनामा भने दिएका छैन ।(जनप्रहार साप्ताहिकबाट साभार)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६०७:५५:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend