काठमाडौं - राम्रो काम नगरेका कारण मन्त्री पदबाट नै हटाउनका लागि बिना मगरको नामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा माग गरेका थिए, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग । अब पुनः हुने मन्त्रिपरिषद्को हेरफेरका क्रममा पनि उनको ठाउँमा अरुलाई नै नियुक्तिको तयारी बालुवाटारले गरेको छ ।
तर प्रचण्डले तत्काल बिनालाई मन्त्री पदबाट भने नहटाउनका लागि ओलीसँग अनुरोध नै गरेको पनि विवरणमा आएको थियो । प्रधानमन्त्री ओलीले नै एउटा अन्तरवार्ताका क्रममा उक्त विषयमा खुलाएका थिए ।
प्रचण्डका दिवंगत एकमात्र पुत्र प्रकाश दाहालसँग बिहे गरेपछि राजनीतिमा भाग्यढोका खोलेकी बिनाका विषयमा भने अहिले खुमलटारमा पनि बबाल हुने गरेको छ । परिवारका सदस्यलाई नटेर्ने, परिवारको मान नराख्नेमात्र होइन, बिनाका नीजि सम्बन्ध र व्यवाहारका विषयमा पनि परिवारमा टिप्पणी हुन थालेको स्रोतले जनाएको छ ।
‘मन्त्री भएपपछि परिवारभित्र त्यति उत्तरदायी नहुने, जवाफदेही नहुने, मन्त्रालयका कामका विषयमा पनि कुनै कुराकानी नगर्ने भएपछि अन्य सदस्यसँग बिनाको राम्रो छैन’, खुमलटार स्रोतले भन्यो,‘अहिले भित्रभित्रै बबाल हुन थालेको छ ।’
बिनालाई खुमलटारसँग हाल सम्बन्ध कायम भएकाले मात्र होइन, नजिकबाट चिन्नेले पनि मन पराउन छाडेका छन् । उनकै कारण खुमलटारमा भएको एउटा काण्डबारे खुल्दै स्रोतले भन्यो,‘प्रकाश दाहालको प्रथम स्मृति सभामा पनि बबाल गर्ने बिना नै थिइन् । त्यहाँ सृजना त्रिपाठी देखेपछि मञ्चमा किन राखेको भनेर बबाल गरिन् । यति मात्र होइन, स्मृति दिवसकै दिन प्रकाशित भएको पुस्तकबाट त्रिपाठीको नाम पनि मेटाउन लगाइन् ।’
बिनाको यो हर्कतका जानकारचाहिँ बलात्कार अभियोग लागेपछि हाल कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल हुन् अहिले राहुललगायतसँग पनि बिनाको कुनै सम्बन्ध रहेको छैन ।
यति मात्र होइन, बिनाका कारणले प्रचण्डको राम्रो सम्बन्ध रहेका दिवंगत पोष्टबहादुर बोगटीका परिवार, त्रिपाठी परिवार पनि रुष्ट छन् । त्यसको पनि खास कारण रहेको उच्च स्रोतले जनाएको छ । प्रकाशसँग आफ्नो बिहे हुनुको कारण खुलाउँदा तत्कालिन पत्नीहरूले सन्तुष्टि नदिएको तर आफूले सन्तुष्ट पारेको भन्ने खालको अध्याय नै राखिनु पनि अहिले सम्बन्ध विर्गने आधार बनेको स्रोतको दाबी छ ।
त्यसो त यता मन्त्रालयतिर पनि बिनाको खासै गतिलो प्रस्तुती छैन । त्यतिमात्र होइन, कर्मचारीदेखि विभिन्न तहका राजनीतिक कार्यकर्ता पनि उनको काम देखेर वाक्क भएका छन् । कर्मचारी परिवर्तन गर्ने, माथाहतका कार्यालयमा आफन्तलाई भर्ती गराउने, जसले उनले भनेको मान्दैन त्यस्ता व्यक्तिलाई सचिवालयबाटै हटाउने काममा पनि मन्त्री बिना सक्रिय रहेको स्रोतको दाबी छ ।
‘मन्त्रालयसँग, पार्टीसँग कुनै पनि सरोकार नभएका व्यक्तिलाई राखेर महत्वपूर्ण कामको जिम्मा दिने गरिएको छ । मेलम्ची प्रकरणमा पनि त्यहि भयो । त्यहाँ फेल खाएपछि प्रशासनिक काममा मात्र मन्त्रीले धेरै ध्यान दिइन्’, मन्त्रालय स्रोतले भन्यो,‘कर्मचारीलाई दुख दिने काम भन्दा केही पनि भएको छैन ।’
(जनप्रहार साप्ताहिकबाट साभार)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।