आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर हर्दा सुनसरी कसरी बन्यो कांग्रेस मय ? यस्ता छन् रोचक कारण

देशभर हर्दा सुनसरी कसरी बन्यो कांग्रेस मय ? यस्ता छन् रोचक कारण

  • मंगलवार, माघ १४ २०७६

  • 6.8K
    SHARES

  • सुनसरी– गर्विलो इतिहास बोकेको नेपाली कांग्रेस अहिले सबैभन्दा कठिन मोडमा छ । पछिल्ला निर्वाचनमा देशभर पराजय भोगेको छ र आन्तरिक राजनीतिमा गुटको भूमरीमा फसेको छ । देशभर कांग्रेस हार्दा सुनसरीको कथा भने अहिले फरक छ । कथा फरक हुनुमा सुनसरीमा कांग्रेसले निकालेको शानदार जित नै कारक हो । दुई ठुला कम्युनिष्ट पाटी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पाटी बनेर चुनावी तालमेल गर्दा समेत सुनसरीका बहुसंख्यक स्थानिय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा इतिहासमै पहिलो पटक काँग्रेसले विजयको झण्डा फहराउन सफल भएको छ ।

    त्यसको श्रेय आफ्नो दोश्रो कार्यकाल अन्तर्गत सुनसरी कांग्रेस हाँकिरहेका राजिव कोइरालालाई जान्छ । उनी आफैमा सालिन,सुझबुझपुर्ण नेता हुन् । जिल्ला सभापति भएको हैसियतले वहाले आफ्नो कार्यकालमा देशभर वडा,गाउँ,नगर क्षेत्र हुँदै केन्द्र सम्म गुट उपगुटले पाटी ग्रस्त हुँदा समेत सुनसरीमा कुनै गुटको पक्ष वा विपक्षमा नलागी सबैलाई समतामुलक व्यवहार प्रदर्शन गर्दै जुझारु नेतृत्व प्रदान गरिरहे ।

    [caption id="attachment_114443" align="aligncenter" width="1902"] कांग्रेस सुनसरीको सभापति राजिव कोइराला[/caption]

    आफू प्रतिनिधिसभा सदस्य पदको आकाक्षी हुँदाहुदै पनि उनले आफ्नो भन्दा पाटीको हितलाई सर्वोपरी ठान्दै सबैलाई मान्य हुनेगरी ठूलो त्याग गरे र आफू प्रदेश सभा सदस्यको उम्मेदवार बनी जिल्लाभर सबै तहको चुनावी नेतृत्व गरे । आम कार्यकर्ताका घर घरमा पुगी सुनसरीमा एउटा मात्र कांग्रेस रहेको सन्देश दिन सफल बने त्यतिमात्र नभई सुनसरी जस्तो बहुजातिय,वहुभाषिक र बहुआयामिक जिल्लाका कुना कन्दरामा पुगी कांग्रेसका एजेण्डा तथा नितिहरु व्यापक रुपमा जनता माझ प्रचार प्रसार गर्न सफल बने ।

    दोश्रो कार्यकाल चलिरहदा पाटिमा भावनात्मक एकताको सन्देश प्रवाह गर्नुका साथै कांग्रेस भित्र हुने घात अन्तरघातलाई निर्मुल पार्न जिल्ला सभापतिको हैसियतले मधेशमा समेत पकड भएका कोईरालाले सबै अस्त्र प्रयोग मात्र गरेनन् कांग्रेस विजयी हुन नसकेका निर्वाचन क्षेत्रमा समेत कांग्रेस विजयी दलको कडा प्रतिस्पर्धी हो भन्ने प्रमाणित गरे ।

    इतिहासमै पहिलो पटक कांग्रेसलाई धरान उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित गराउन कोइराला नेतृत्वको समिति सफल भएको छ । यो सुनसरीका लागि अत्यन्त गर्वको विषय हो भने देशभरका अन्य जिल्लाहरुले सिक्नुपर्ने गतिलो पाठ समेत हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६०४:०४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend