मंगलवार, माघ १४ २०७६
काठमाडौं– पश्चिमी न्यून चापीय प्रणाली सोमबारबाट नेपाल भित्रिएको छ । जसका कारण देशभर पानी र हिउँ पर्ने देखिएको छ ।
अब यसको प्रभावले तीन दिन अर्थात् आज (मंगलबार)देखि पर्सि (बिहीबार)सम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै भनेको छः नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १४ गते (मंगलबार) दिउँसोः देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू–भागका केही स्थान र मध्य तथ पूर्वी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।
रातिः देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।
माघ १५ गते (बुधबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।
माघ १६ गते (बिहीबार) दिउँसोः देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू–भागका थोरै स्थान र पश्चिमी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।
रातिः देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।