काठमाडौं – प्रतिनिधिसभा सभामुखको पदभार ग्रहण गरिसकेका अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ प्रक्रिया सर्वाेच्च अदालतमा अगाडि बढेको छ ।
आईतबार पेशीमा चढेको मुद्दा हेर्न नमिल्ने भएपनि सोमबार न्यायाधीश सपनाप्रधान मल्लको इजलासमा परेको थियो । सोमबार समेत सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेर मुद्दाको थप कारवाही मंगलबार हुने भएको छ ।
तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सापकोटा सभामुख निर्वाचित हुनुअघि नै मुद्दा दर्ता भएपनि सर्वाेच्चमा मुद्दाको सुनुवाइ चल्दाचल्दै उनी सभामुख निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।