बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चर्चित युवा सांसद गगन थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको झण्डै दुईतिहाईको वर्तमान सरकारले कुनै उपलब्धिमूलक काम गर्न नसकेको गम्भीर आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका थापाले वर्तमान सरकार नेपाली जनताको पक्षमा नरहेको आरोप लगाउँदै सरकारले देशलाई कुन बाटोमा हिँडाउँदैछ भनेर थाहा पाउन मुस्किल हुन थालेको बताएका छन् ।
‘नेपालमा यतिबेला केपी ओली प्रधानमन्त्री भएको सरकार इतिहासमै सबैभन्दा बलियो सरकार हो । तर पनि यो सरकारले नेपाली जनताको पक्षमा कुनै काम गर्न सकेन, यसले आशा लाग्दो कुनै पनि काम देखाउन सकेन ।’
सांसद थापाले नेपाली कांग्रेसले पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकाले नेपाली लोकतन्त्र र नेपाली नागरिक अप्ठ्यारोमा परेको बताएका छन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा देवचुली जेसिजको पद हस्तान्तरण कार्यक्रममा सोमबार बोल्दै सांसद थापाले युवाहरूलाई विदेश पलायन हुनबाट नरोकेसम्म मुलुक परिवर्तन हुन नसक्ने समेत दाबी समेत गरेका छन् ।
नेपाली युवायुवती रोजगारको सिलसिलामा वा अन्य कुनै सिलसिलामा विदेश पलायन भइरहँदा मुलुकले ठूलो नोक्सान व्यहोर्नुपरेको बताउँदै सांसद थापाले युवाहरूको विदेश पलायन रोक्न सरकार नै गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।