आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते, जिल्ला अधिवेशन माघ भित्रै गरिसक्नु पर्ने

प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते, जिल्ला अधिवेशन माघ भित्रै गरिसक्नु पर्ने

  • सोमवार, माघ १३ २०७६

  • 6.7K
    SHARES

  • काठमाडौं– नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशन चैत २१ र २२ गते हुने भएको छ । माघ ७ गते चितवनमा बसेको केन्द्रीय समितिको बैठकले नवौं महाधिवेशन बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशन हुन बाँकी रहेका र विवाद रहेका सबै शाखाको विवाद समधान गरी माघ भित्रै अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको केन्द्रीय सदस्य दिलिपाश्री अधिकारीले जानकारी दिइन् । यस्तै महाधिवेशनका लागि अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गरिएको छ । अधिकारीका अनुसार अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव अजयबाबु शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति बैठकले गठन गरेको छ । महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६१०:१२:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend