आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभामुखको शपथ नखुवाउन माग गर्दै राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण !

सभामुखको शपथ नखुवाउन माग गर्दै राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण !

  • सोमवार, माघ १३ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं - काभ्रेका अर्जुन लामाको हत्या  अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखको शपथ नखुवाउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गर्न पुगेका मानवअधिकारकर्मीहरू पक्राऊ परेका छन् । मानवअधिकारकर्मीहरूलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सापकोटाले शीतल निवासमा भण्डारीसँग सोमबार शपथ ग्रहण गरेका छन् । त्यसपछि उनले सिंहदरबारस्थित संसद सचिवालय पुगेर सभामुख पदको पदभार ग्रहण पनि गरेका छन् । विरोध कार्यक्रम गर्दै आएका मानवअधिकारकर्मीहरू शपथ नखुवाउन राष्ट्रपतिको ध्यानाकर्षण गराउन गएका थिए । दर्जन बढी मानवअधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरूमा चरण प्रसाईं, राजन कुइँकेल, पूर्णीमाया लामा, ईन्द्र अर्याल, महामुनिश्वर आचार्य, जनक राउत, निराजन थपलिया लगायतका मानवअधिकारकर्मीहरू रहेका छन् । पक्राउ परेका अधिकारकर्मीहरू सबैलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । सापकोटामाथि २०६२ साल वैशाखमा काभ्रेका अर्जुन लामालाई मार्न निर्देशन दिएको आरोप छ । सापकोटाको मुद्दाको सुनुवाई माघ २२ गते सर्वोच्च अदालतमा हुँदैछ ।  उनलाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको निवेदनको सुनुवाई सोमबार हुँदैछ । आइतबारको सुनुवाई न्यायाधीशले हेर्न नमिल्ने भनी रोकिएको थियो ।  संसदको सभामुखमा सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६०७:१६:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend