आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आस्था पक्रिनु गर्व होइन, 'आस्था' लिलाम गर्नेहरु उम्किनु चिन्ताजनक !

आस्था पक्रिनु गर्व होइन, 'आस्था' लिलाम गर्नेहरु उम्किनु चिन्ताजनक !

  • सोमवार, माघ १३ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं - केही सातादेखि त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षतर्फ प्रवेश गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप गायिका आस्था राउतमाथि लागेको थियो । उनी आस्था सोमबार काठमाडौं महानगरीय प्रहरी परिसरमा गल्ती स्वीकार गरिन् । सोमबार बिहान सबे अनलाइन मिडियाहरुले 'आस्था राउत पक्राउ अथवा आस्था रातद्वारा आत्मसमर्पण' गरेका शीर्षकमा समाचार प्रकाशित भए । सामाजिक सञ्‍जालमा पनि यस विषयको पक्ष-विपक्षमा विभिन्‍न तर्कहरु भइरहेका छन् । आस्था पक्रिनु अथवा आत्मसमर्पण गर्नुमा प्रहरीले गर्व गर्नु नै दुखद हो । निर्मलाका हत्याराहरु अझै यतैकतै छन् । उनीहरुलाई चिन्नसमेत प्रहरीले सकेको छैन । गायिकन आस्थालाई थप कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै प्रहरीले उनका आफन्तलाई पनि टेकुस्थित महानगरीय प्रहरी परिसर बोलाएको छ । त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा गायिका आस्था र त्यहाँकी महिला प्रहरीबीच विवाद भएको थियो। त्यसपछि गायिका आस्थाले आफ्नो फेसबुकमा भिडियोमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन्। सोही विषयमा विमानस्थलकी ती महिला प्रहरीले उनीविरुद्ध उजुरी दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यही माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले सीसीटिभि फुटेज तथा स्वतन्त्र अनुसन्धानका क्रममा गायिका आस्था दोषी पाइएमा कारबाही गर्नुपर्छ । कानुको नजरमा कुनै पनि नागरिक ठूलो-सानो हुँदैन । सबैलाई कसुर अनुसाको कानुनबमोजिक कारबाही गर्नुपर्छ । आस्था राउतलाई कारबाही गर्नु हुँदैन भन्‍ने तर्कहरु केवल क्षणिक आवेग र आवेशका दुर्भावनामात्र हुन् । तर, गायिका आस्थाले प्रहरी जवानमाथि अभद्र गरेकोमा पक्राउ गरिरहँदा दिनदहाडै मानिस काट्‍नेहरु र नेपाली जनताको 'आस्था' खुल्याम लिलाम गर्नेहरु छाति ठूलो पारेर हिड्‍नु दुखद हो । नेपाल प्रहरी र नेपालको कानुनलाई उनको छेउसम्म पर्न नसक्नु दुखद हो । कसुर एक जवानमाथिको अभद्र व्यवहार भन्दा पनि तीन करोड नेपाली जनताको आस्था लिलाम गर्ने र राष्ट्रलाई घात गर्ने, कानुनी शासन, लोकतान्त्रिक सिद्धान्त र सार्वभौम मुलुकमाथिको प्रहार कयौं गुणा ठूलो अपराध हो । तर, त्यस्तो अपराध गर्नेहरु राज्यसत्तामा पुग्‍नु अनि तीनै पीडितमाथि शासन गर्नु दुर्भाग्य हो । उनीहरुलाई कानुी दायरमा ल्याउन नसक्‍नु भनेको कानुनी राज्यको उपहास हो । गायिका आस्था पक्राउ पर्नुभन्दा एकदिन अघि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्‍न भएको आरोपमा अदालतमा विचाराधिन मुद्दा रहेको व्यक्ति लोकतन्त्र र कानुन बनाउने थलोको प्रमुखमा नियुक्त भए । सभामुख चयन प्रक्रिया रोक्‍न अदालतमा परेको अर्को रिट सर्वोच्‍च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरि फुयाँलको इजलासमा पारिदिएका थिए । न्यायाधीश तत्कालीन समयमा अधिवक्ता रहँदा सापकोटाको विपक्षमा बहस गरेका थिए । उनले बहस गरेको मुद्दा भएकोले आइतबार उक्त मुद्दामाथि सुनुवाई हुन सकेन । फलस्वरुप हत्या आरोपित व्यक्ति स-सम्मान निर्विरोध सभामुखमा निर्वाचित भए । उता पोखरामै गुण्डागर्दीको ब्याकग्राउन्डबाट आएका राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भए । उनले रिहापछि 'बाहिर थकाइ लागेको थियो । उडुस पनि रहेनछन् । रेस्ट गर्न पाएँ । अब मज्जाले रक्सी खानुपर्छ ।' उनको यो अधिव्यक्तिले प्रहरी प्रशासन र कानुनको पालनालाई उनले कसरी ब्याख्या गरेका रहेछन् भन्‍ने प्रस्ट हुन्छ । कुनै व्यक्तिले कसैको हत्या गरेको स्वीकार गरेमा कसुरको प्रकृति अनुसार २० वर्षको कैद सजाय हुन्छ । तर, तत्कालीन माओवादी अध्यक्ष र अहिलेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुल्यामा पाँच हजारको हत्या गरेको जिम्मा लिन्छु भन्दै हिँडिरहेका छन् । उनको अभिव्यक्तिलाई सुन्‍ने हाम्रो कानुनको हात छैन । अन्तर्राष्ट्रिय विभिन्‍न मानवअधिकावादी र प्रजातान्त्रिक संघसंस्थाहरुले नेपालमा लोकतन्त्र र कानुनी सुशासनको अवस्था खस्कँदै गएको भन्दै टिप्पणी गरिरहेका छन् । तर, हाम्रो कानुन कार्यान्वयनको जिम्मा पाएको नेपाल प्रहरी भने एक गायिकाले गरेको अभद्र व्यवहारलाई इस्यु बनाएर खेदीरहेको छ । दोषी भएमा आस्था उम्किनु हुँदैन । तर, एक आस्थाकापछि पुरै संगठन लाग्‍न तर तीन करोड नेपालीको आस्था र मुलुकको अस्मितामाथि तथानाम गर्नेहरु राज्यसत्तामा जाने खेलले प्रहरीको कार्यशैली र मुलुकको भविष्यप्रति चिन्ता गर्ने प्रशस्त ठाउँहरु दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६०६:२६:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend