आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रदेश–२ को सरकार ढाल्ने नेकपा र राजपाको खतरनाक योजना, के गर्दैछन् उपेन्द्र र बाबुराम ?

प्रदेश–२ को सरकार ढाल्ने नेकपा र राजपाको खतरनाक योजना, के गर्दैछन् उपेन्द्र र बाबुराम ?

  • सोमवार, माघ १३ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पुनर्गठन गर्ने तयारी गरिरहँदा नेकपाका नेताहरु राउतलाई नै मुख्यमन्त्रीबाट हटाउने अभियान लागेका छन् । आइतबार बर्दिबासमा भएको कार्यक्रमले त्यसकै संकेत गरेको छ ।

    राजपाको ‘फेस सेभिङ’ का लागि कुनै सहमतिमा हस्ताक्षर गरेर संघ र प्रदेशमा सत्ता गठबन्धन बन्न सक्ने नेकपा नेताहरुको दाबी छ । ‘हाम्रो स्पष्ट बहुमत छ, तर पनि हामी देशको विकास र समृद्धिका लागि मधेसवादी दल राजपालाई सँगै लिएर जान तयार छौं, राष्ट्रियसभा निर्वाचनको गठबन्धन त्यसको प्रारम्भिक बिन्दू हो’ महोत्तरीमा पुगेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘नेकपाको नेतृत्वमा मात्र मधेसको विकास सम्भव छ’ ।

    बर्दिबासको बिनायक हलमा जम्मा भएका मधेसका आफ्ना कार्यकर्तालाई सम्वोधन गर्दै नेकपा नेता पोखरेलले अब प्रदेश सरकारको चेहरा फेरिने मात्र बताएनन्, संघीय सरकारमा पनि राजपाको प्रवेश हुने आशा व्यक्त गरेका थिए । नेकपाको कार्यक्रममा अतिथि बनेका राजपा नेताहरु मृगेन्द्र र शेखरले पनि नेकपासँगको गठबन्धन शुरुवात मात्र हो भन्दै देश र मधेसको विकासका लागि सहकार्य अझ माथिल्लो स्तरमा हुने सम्भावना रहेको बताएका थिए । राष्ट्रियसभामा तालमेल गरेर जित निकाल्न सफल भएका नेकपा र राजपले समाजवादी पार्टी नेतृत्वको सरकार ढालेर सरकार बनाउने कसरतमा जुटेको राजनीतिक वृत्तमा चर्चा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६०३:२०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend