आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज वर्षा र हिमपातको सम्भावना, कस्तो छ मौसमी पूर्वानुमान ?

आज वर्षा र हिमपातको सम्भावना, कस्तो छ मौसमी पूर्वानुमान ?

  • सोमवार, माघ १३ २०७६

  • 3.1K
    SHARES

  • काठमाडौं – सोमवार पश्चिम नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । सो प्रभावले तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने रातिदेखि वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमवार दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । सोमवारै साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६०२:२९:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend