आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अग्नि सापकोटा सभामुख भएपछि रेल नै छुट्लाझै गरी किन गए केपी ओलीको शरणमा ?

अग्नि सापकोटा सभामुख भएपछि रेल नै छुट्लाझै गरी किन गए केपी ओलीको शरणमा ?

  • आइतवार, माघ १२ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – आईतबार सभामुख अग्नि सापकोटालाई निर्विरोध निर्वाचित गर्ने कार्यसूचीअघि नेपाली कांग्रेसको तर्फबाट मिनेन्द्र रिजालले धारणा राखे । त्यसक्रममा नेता रिजालले सापकोटाले निष्पक्षता कायम राख्न सक्छन् कि सक्दैनन् भनेर आशंका गरे । नेपाली कांग्रेसको आशंकालाई सभामुख निर्वाचित भएपछि सापकोटाले व्यवहारमै देखाए । ज्येष्ठ सदस्यको रुपमा सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्वाचित भएको घोषणा गरेपछि बैठक स्थगित भएको जानकारी दिए । बैठक स्थगित भएपछि सापकोटा जुरुक्क उठेर सोझै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँतिर दगुरेर पुगे । नेपाली कांग्रेसका एक सांसदले उनको दगुराइलाई रेल छुट्लाझै गरी तीब्रगतिमा गएको व्यंग्य गरेका छन् । सभामुख भएको घोषणालगत्तै अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नमस्कार गरे । कांग्रेसले आशंका गरेजस्तै सभामुख सापकोटा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति नतमस्तक देखिएका छन् । बैठक सकिएपछि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई आफूसँग गरेका प्रतिबद्धता नबिर्सन ‘कसम’ खुवाएको स्रोतले जनाएको छ । सभामुख निर्वाचनको दिन आईतबार सापकोटा सत्तापक्षीय रोको अघिल्लो सिटमा बसेका थिए । सभामुख बनेको घोषणापछि ओलीलाई भेट्न सापकोटा सिटबाट उठ्ने बित्तिकै पूर्व सभामुख ओनसरी घर्ती मगरले खादा लगाइन् । बीच बाटोमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुवास नेम्वाङ र सांसद खगराज अधिकारीले पनि बधाई दिए । तर सापकोटाको नजर ओलीतिरै थियो । उनी सबैलाई बेवास्ता गर्दै अगाडि लम्किँदै गए । उनी छिटोछिटो लम्किँदै प्रधानमन्त्री ओलीको अगाडि खडा भए र नमस्कार आदानप्रदान गरे । प्रधानमन्त्री ओलीको बधाई खाएपछि सापकोटा प्रतिपक्षीको रोतर्फ समेत गएका थिए । आईतबारको बैठक सभामुख सापकोटालाई निर्वाचित गरेर सकिएको छ भने मंगलबार प्रतिनिधिसभा बैठक राखिएको छ । सभामुख सापकोटा जसरी ओलीको अगाडि पुग्न दगुरे, यसले उनी सन्तुलित भूमिका निर्वाह गर्न सक्लान् भन्नेमा शंका देखिएको चर्चा नेपाली कांग्रेसभित्र देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १२ २०७६०२:१५:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend