आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीका सांसद मनाङे छुटाउन कम्युनिस्ट मुख्यमन्त्रीको दवाव !

ओलीका सांसद मनाङे छुटाउन कम्युनिस्ट मुख्यमन्त्रीको दवाव !

  • आइतवार, माघ १२ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पक्राउ परेका प्रदेशसभा सदस्य राजिव गुरूङ उर्फ दीपक मनाङे छुटाउन दवाव दिएका छन् । मुख्यमन्त्री गुरुङले मनाङेको मुद्दा छिटो टुंग्याउन दबाब दिएका हुन् । एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो । एन्फा कास्की अध्यक्ष गुरुङले मनाङेले आफूमाथि कुटपिट गरेको भनी प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेशकुमार केसीलाई मनाङे छुटाउन मुख्यमन्त्री गुरुङले पटक पटक दबाब दिएका हुन् । दबाबकै कारण सिडिओ केसीले मनाङेलाई दुई दिन थुनामा राखेर अनुसन्धान सक्न प्रहरीलाई निर्देशन दिएका थिए । सार्वजनिक अपराधमा सामान्यतया अनुसन्धानका लागि एक हप्ता लाग्ने गर्छ । दुई दिनमा अनुसन्धान नसकिएपछि कास्की प्रहरीले थप तीन दिनको समय मागेर अनुसन्धान गरिरहेको छ । सोमबार मनाङेको मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी छ ।मनाङेलाई छुटाउन नेकपाका पूर्वएमाले समूह एक भएर लागिपरेको प्रहरीभित्रकै एक अधिकारीले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १२ २०७६०९:४०:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend