आइतवार, माघ १२ २०७६
काठमाडौं– टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्।
६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।
बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ।
टर्कीमा प्रायजसो भूकम्प गइरहन्छ। सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परि १७ हजार मानिसले ज्यान गुमाएका थिए।
शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा सो भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबनान तथा इरानसम्म महशुस गरिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।