आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभामुखको चयन र सापकोटा विरुद्ध परेको रिटको सुनुवाइ पनि आजै, के होला ?

सभामुखको चयन र सापकोटा विरुद्ध परेको रिटको सुनुवाइ पनि आजै, के होला ?

  • आइतवार, माघ १२ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं– लामो समय देखि रिक्त रहेको प्रतिनिधी सभाको सभामुखको निर्वाचन आज हुँदैछ । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ।

    सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु भएसँगेै संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार सोमबार नेकपाको तर्फबाट सापकोटाले मात्र सभामुखका लागि उम्मेदवारी दिएका थिए।

    सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको निर्वाचन माघ १२ गते (आज)गर्ने घोषणा गरेको थियो। जेष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन्।

    रिटको सुनुवाई पनि आजै

    सभामुखका उम्मेदवार सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुँदैछ।

    सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो। अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्।

    काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वाचित हुनबाट रोक्न र कानूनी कारवाही अघि बढाउन तत्काल पक्राउ गर्नुपर्ने जिकिर गरेका छन्। साथै त्रिपाठीले उनलाई सभामुख निर्वाचित गराउने प्रक्रिया रोक्न पनि अदालतको आदेशको माग गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १२ २०७६०३:४८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend