आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसका पूर्वसांसदको निधन, सिंगो पार्टी स्तब्ध

कांग्रेसका पूर्वसांसदको निधन, सिंगो पार्टी स्तब्ध

  • आइतवार, माघ १२ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ। पूर्वसांसद समेत रहेका कार्कीको गएराति निधन भएको हो । मिर्गौलाको समस्याबाट पीडित कार्कीको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। पाल्पाको रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको ७६ बर्षको उमेरमा भएको हो।

    उनी २०४८ सालमा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०५१ देखि २०५६ सालसम्म कांग्रेस पाल्पाको जिल्ला सभापति बनेका थिए।

    त्यसअघि उनी राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित भएका थिए। २०४६ सालको आन्दोलन अगाडि पञ्चायत सदस्य भएपनि संसद्‌मा प्रजातान्त्रिक आन्दोलनको पक्षमा आवाज उठाउने नेताको रुपमा उनी चिनिन्छन्। उनको आज दिउँसो २ बजेपछि कांग्रेस पार्टीका शीर्ष नेताको उपस्थितिमा पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरेर अन्त्यष्टि गरिने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १२ २०७६०३:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend