काठमाडौं – नेपाली कांग्रेसमा आसन्न महाधिवेशनको मिति घोषणा र चर्चा चलिरहेका बेला सभापतिको खोजी समेत सुरू भएको छ ।
आगामी महाधिवेशनबाट कांग्रेसको सभापति को निर्वाचित होला ? कतिपयले सभापति देउवा नै पुनः सभापति हुने अड्कलबाजी गरिरहेका बेला केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति निर्वाचित गर्ने ‘प्लान’ सुनाएकी छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका तीन जना एक ठाउँमा उभिएर अगाडि बढ्ने बताइन् ।
केही महिनाअघि कोइराला परिवारका कांग्रेस नेता शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकै मालामा रहेका तस्वीर सार्वजनिक भएका थिए । ‘आवश्यक परेमा नेतृत्व लिन तयार छौं,’ उनले भनिन् ।
नेत्री कोइरालाले पार्टीमा सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा रहेको बताउँदै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताएकी छन् ।
उनले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताइन् । ‘ पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्छ,’ उनले भनिन्, ‘मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।