आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभापति देउवा बिहान–बिहानै छिरे बालुवाटार, केपी ओलीसँग के पाक्दैछ खिचडी ?

सभापति देउवा बिहान–बिहानै छिरे बालुवाटार, केपी ओलीसँग के पाक्दैछ खिचडी ?

  • शनिवार, माघ ११ २०७६

  • 3.2K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक बालुवाटार छिरेर गोप्य भेटवार्ता गरिरहेको भनेर आलोचना भइरहेका बेला फेरि शनिबार बिहान कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शनिबार बिहानै बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । केही दिनअघि यसरी नै बालुवाटार गइरहँदा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा आफ्नो गृहजिल्लाका प्राध्यापक गणेदत्त भट्टलाई नियुक्ति दिलाउन सफल भएका थिए । देउवा फेरि बालुवाटार किन धाइरहेका छन् ? ओली र देउवाबीच बाक्लिएको भेटवार्ताले प्रतिपक्षी भूमिका कमजोर हुने चिन्ता सामाजिक सञ्जालमा व्यक्त भइरहेका बेला विश्वविद्यालयका पदाधिकारीको नियुक्ति सम्बन्धमा नेताहरूबीच छलफल भएको स्रोतले जनाएको छ । ओलीले विश्वविद्यालयका उपकूलपति, रजिस्ट्रार, डीन लगायत पदाधिकारी नियुक्त गर्न देउवासँग सल्लाह गरेर केही पद कांग्रेसलाई समेत दिन खोजेका जनाइएको छ । भेटवार्ताबारे जानकारी गराउँदा सार्वजनिक रुपमा विश्वविद्यालयको भागबण्डाबारे जानकारी गराइएको छैन । देशका राजनीतिक गतिविधिमा सहकार्य र सहमति गरेर अगाडि बढ्ने छलफल नेताहरूबीच भएको सार्वजनिक गरिएको छ । मुलुक सञ्चालनमा साझा सहमति र सहकार्यलाई अवलम्बन गरिने सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जनाएका छन् । ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति हुनुपर्छ, त्यही साझा सहमति खोज्न छलफल भएको छ,’ उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’ विश्वविद्यालयका पदाधिकारी नियुक्तिको विषय पछिल्लो सहमतिको कडी रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ११ २०७६०१:४१:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend