आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डका कारण आइजीपी तनावमा, एक महिनासम्म चितवनमा एसपी पठाउन सकेनन्

प्रचण्डका कारण आइजीपी तनावमा, एक महिनासम्म चितवनमा एसपी पठाउन सकेनन्

  • शनिवार, माघ ११ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवन एक महिना देखि प्रहरी उपरीक्षक (एसपी)विहीन बनेको छ । प्रहरी प्रधान कार्यालयले नयाँ प्रमुख पठाउन सकेको छैन।

    आफैंले गरेको सरूवा कार्यान्वयन गर्न नसकेपछि प्रधान कार्यालयलाई एउटा जिल्लामा एसपी पठाउन नसक्ने अक्षम भएको आरोप लागिरहेको छ।

    महिना दिनसम्म एसपी खटाउन नसक्दा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल दबावमा छन्। प्रधान कार्यालयका अनुसार उनले सरूवा गराएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई न खटाउन सकेका छन्, न अर्को प्रहरी उपरीक्षक पठाउन।

    प्रहरी महानिरीक्षक मातहतको इन्टरपोल शाखामा कार्यरत् पन्त एक महिनादेखि ‘रवाना’ कुरिरहेकी छिन्। सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गृह जिल्ला चितवनमा एसपी सरुवा विषयमा चासो लिएपछि सरुवा अलपत्र परेको हो।

    खनालको आदेश पर्खेर बसेका इन्टरपोल शाखा प्रमुख एसएसपी उमेश जोशीले पन्तलाई बाटो खोलिदिएका छैनन्। प्रहरी महानिरीक्षकको सचिवालयले पुस ४ गतेको सरूवा दायाँ–बायाँ नभएको जवाफ दिने गरेको छ।

    पन्तको सरूवामा राजनीतिक शक्तिकेन्द्र चिढिएका कारण खनालले चितवनमा प्रमुख पठाउने बारे खासै सक्रियता नदेखाएको प्रधान कार्यालय स्रोत बताउँछ।

    विद्यमान ३० वर्षे सेवाअवधिका कारण माघ २७ गते खनालको अवकाश हुँदैछ। अवकाशको मुखमा खनाल जिल्ला प्रहरी प्रमुख खटाउन नसकेकोमा आलोचित छन्।

    खनाल पन्तलाई नै चितवन पठाउने योजनाअनुसार नयाँ निर्णय नगरेको बताउँछन्। चितवन प्रचण्डको साथै गृहमन्त्री रामबहादुर थापाको पनि गृहजिल्ला हो। पन्तको सरूवाअघि त्यहाँ प्रचण्डका पूर्वबडिगार्ड एसपी दानबहादुर मल्ल थिए। उनलाई अघिल्लो महिनै प्रधान कार्यालयले सरूवा गरेर पन्तलाई खटाउने निर्णय लिएको थियो।

    गृह स्रोतका अनुसार पन्तको सरूवाअघि प्रचण्ड र गृहमन्त्री थापासँग खनालले परामर्श गरेनन्। थापाले चितवनमा कसलाई पठाउने भन्नेबारे त्यति चासो नराखे पनि प्रचण्डले चित्त बुझाएका छैनन्। चित्त नबुझाएपछि खनाल विकल्प दिन भन्दै प्रचण्डकहाँ गएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ११ २०७६०४:०५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend