आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डका खास मान्छे सिध्याउन राष्ट्रपति निवासबाट यस्तो खेल !

प्रचण्डका खास मान्छे सिध्याउन राष्ट्रपति निवासबाट यस्तो खेल !

  • शुक्रवार, माघ १० २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपनि दुवै पार्टी भित्रैबाट मिल्न नसकेका संकेत पटक–पटक देखिने गरेका छन् । सभामुख निर्वाचन प्रक्रिया अगाडि बढिसकेर पूर्व माओवादी नेता अग्नि सापकोटा निर्विरोध सभामुख हुने सुनिश्चित भइसकेको बेला पूर्व एमाले समूहका मानव अधिकारकर्मीहरू सल्बलाउन थालेका छन् । त्यसको मुख्य अखडा बनेको छ, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शितलनिवास । प्रचण्डका खास मान्छे तथा विश्वासपात्र अग्नि सापकोटा सभामुख हुने निश्चित भएपछि त्यसलाई रोक्न भन्दै राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा नै दिएर चर्काे विरोधमा उत्रिएका छन् । आगामी माघ १२ गते सापकोटा सभामुख घोषणा हुनुअघि पूर्व एमाले समूहका मानव अधिकारकर्मीले उनलाई रोक्न थुप्रै प्रयास गर्ने संकेत देखिएको छ । प्याकुरेलले स्पष्ट रुपमै राजीनामा दिनुको कारणबारे खुलाउँदै सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ‘भोलि अग्नि सापकोटा सभामुख भएपछि शीतलसनिवासमै शपथ खुवाउनुपर्छ,’ प्याकुरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हिजो आफैंले मुद्दा हालेका व्यक्तिलाई कसरी गर्न खुवाउनु ?’ राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले राजीनामा मात्रै दिएका छैनन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो सापकोटालाई सभामुख हुन नदिने वा भइहाले पनि द्वन्द्वकालीन मुद्दामा फसाउने तयारीका साथ डिजाइन बनाउन लागिएको चर्चा नेकपा वृत्तमा चलेको छ । त्यतिबेला १७ हजार मान्छे मर्ने गरी भएको माओवादी विद्र्रोहबाट आएका सापकोटा सहितका नेताविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग रहेको छ । लामाकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध जाहेरी दिएकी छन् । २०७२ चैत २६ गते मानव अधिकारकर्मीको तर्फबाट सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर गरिएको रिटमा प्याकुरलेको नाम समेत छ । उतिबेला सापकोटाविरुद्ध खुलेरै लागेका प्याकुरेलले यो मुद्दा त्यसै नछाड्ने संकेत देखाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गर्दै प्याकुरेललाई प्रचण्डका खास मान्छे सिध्याउने अभियानमा सक्रिय हुन सहज बनाइदिएकी छन् । उनको राजीनामा शुक्रबार नै स्वीकृत भएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवका सल्लाहकारले समेत राजीनामा दिएपनि स्वीकृत नभएको ताजा इतिहास रहेको बेला राष्ट्रपति भण्डारीले तत्कालै राजीनामा स्वीकृत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सापकोटा प्रकरण थप जटिल बन्दै जाने अनुमान नेकपाभित्र सुरू भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६०३:२७:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend